चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज थाइवान, नान शा द्वीप पुंज तथा त्यसको नजीकमा रहेको समुद्री क्षेत्र चीनको अविच्छिन्न भू-भाग रहेको कुरा वताउनुभएको छ। प्रवक्ता लिउ चेन छाउले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै उक्त कुरा वताउनुभएको हो।
प्रवक्ता लिउ चेन छाउले नान शा द्वीप पुंज तथा त्यसको नजीकमा रहेको समुद्री क्षेत्रप्रति चीनको निर्विवाद सार्वभौमिकता रहेको छ भन्दै राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्ताको संरक्षणमा हामी विश्वस्त तथा सक्षम रहेका र दक्षिणी सागर क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्न हामी अथक प्रयास गर्नेछौं भन्नुभयो।
|