पैचिङ नगरले विदेशबाट आयात गर्ने खाद्य पदार्थको सुरक्षामाथि गर्ने अनुगमनलाई सबल पार्नेछ, विशेष गरी ओलम्पिक खेलकुदका लागि विदेशबाट आयात गर्ने खाद्य पदार्थको कच्चा पदार्थ सम्बन्धी दर्ता, जांचबुझ तथा अनुगमन कार्यलाई सबल पार्ने छ। निर्धारित मापदण्ड नपुगेका खाद्य पदार्थलाई फर्काउने अथवा नष्ट पार्नेछ।
आज आयोजित पैचिङ नगरको खाद्य पदार्थको सुरक्षा सम्बन्धी कार्य सम्मेलनलाई सम्बोधन गर्दै पैचिङ नगरको खाद्य पदार्थ सुरक्षाको समन्वयात्मक कार्यालयका प्रमुख चांग च ख्वानले उक्त कुरा वताउनुभएको हो। उहाँले स्वास्थ्य तन्दुरुस्तका खाद्य पदार्थलाई जोडतोडसँग अनुगमन तथा त्यसको व्यवस्थापन गर्ने जानकारी दिनुभयो।
|