दुइ सय पाँचवटा मुलुक तथा क्षेत्रका खेलाडी, शिक्षक तथा अधिकारीहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् 2008पैचिङ्ग ओलम्पिक खेलकुदको अवधिमा पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिले पच्पन्नवटा भाषाको माध्यमबाट सेवा उपलब्ध गराउने बताइएको छ।
पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिअन्तर्गत अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख चाउ व्है मिनले आज पैचिङ्गमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, सन् 2008पैचिङ्ग ओलम्पिक खेलकुदको अवधिमा पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिले चौबीस घण्टा भाषासम्बन्धी टेलिफोन सेवालाई पनि उपलब्ध गराउने भएको छ।
प्राप्त जानकारी अनुसार, पैचिङ्ग ओलम्पिक खेलकुदका स्वयम सेवकसम्बन्धी नाम दर्ता गरिने कार्य सम्पन्न हुनलागेको छ। ओलम्पिक खेलकुद शुरु हुनुअघि पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिले सबै स्वयम सेवकलाई भाषासम्बन्धी विशेष तालिम दिने योजना गरेको छ।
|