
भुमिगत रेलमार्गमा सुरक्षात्मक तवरबाट यात्रुहरुको आवत-जावतलाई प्रत्याभूत पार्नका लागि पैचिंग नगरपालिकाले ओलिम्पिक खेलकुदभन्दा अघिदेखिनै पूरै भुमिगत रेलमार्गमा सुरक्षा जांच कार्य गर्नेछ ।

प्राप्त जानकारी अनुसार उक्त सुरक्षा जांचमा हाते जांच , मेशिनबाट जांच्ने तथा कुकुरबाट जांच्ने आदि तरीका समावेश छन् । पछिल्ला केही समयमा पैचिंगको भुमिगत रेलमार्गमा केही स्टेशनमा सुरक्षा जांच सुरु भएको छ ।

हाल पैचिंग भुमिगत रेलमार्गमा पटक पटक गरी आवत-जावत गर्ने दैनिक यात्रुहरुको संख्या तीस लाखभन्दा बढी रहेको छ । भुमिगत रेल चढेर आवत-जावत गर्ने मानिसहरुको संख्यामा वृद्धि हुनुका साथै सजिलैसित बल्ने र विस्फोट हुनेखालका अधुनिक मालसामान बोकेर आएको पनि देखिन्छ ।
|