china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदका लागि सुरक्षाको संरक्षण कार्यबारे जानकारीको दोश्रो भाग
    (GMT+08:00) 2008-02-12 14:37:32    

          हामीले पैचिङ ओलम्पिक खेलकुदको वास्तविक मागअनुसार रंगशालाको सुरक्षा, यातायात, दमकलको व्यवस्थापन,ठूलो पैमानाको गतिविधिमा आतंककारी गतिविधिको प्रतिरोध, प्रहरी परिचालनलगायतका बाउन्नवटा कार्यको योजना तर्जुमा गरेका छौं भने पाँच सयवटाभन्दा बढी ठोस कार्यको प्रस्ताव लागू गरेका छौं। आयोजना भइसकेका बीसवटा परिक्षण प्रतियोगितामा धेरैजसो योजना तथा प्रस्ताव लागू भइसकेका छन। हामीले परिक्षण प्रतियोगितामार्फत तर्जुमा गरिसकिएको प्रस्तावमा देखापरेका केही समस्या पत्तो लगाएर समयमै तीनको समाधानको उपाय अपनाएका छौं।

          संचार माध्यमहरुलाई पैचिङ ओलम्पिक खेलकुदका लागि सुरक्षा संरक्षण कार्यमा प्राप्त उपलव्धि देखाउनका लागि हाल पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले चीन र विदेशका पत्रकारहरुलाई नयाँ निर्माण गरिएको पैचिङ विज्ञान तथा प्रविधि रंगशालाको निरीक्षण गराएको छ। यस रंगशालामा आगामी वर्ष आयोजना हुने पैचिङ ओलम्पिक खेलकुदअन्तर्गत ज्युडो तथा ताए क्वान दो प्रतियोगिताको आयोजना गरिनेछ। यस रंगशालाको सुरक्षा संरक्षण विभागका प्रमुख यांग पो वन पैचिङ ओलम्पिक खेलकुदको अवधिमा यस रंगशालामा कार्यभार लिने प्रहरी तथा सुरक्षा संरक्षणकर्मीलाई गम्भिरताका साथ छानिने तथा तालिम दिइने कुरा वताउनुहुन्छ, 

          हाम्रा सुरक्षा संरक्षणकर्मीहरुलाई निष्ठापूर्वक तालिम दिइएको छ। सम्बन्धित परीक्षामा उतिर्ण भएका व्यक्तिहरु मात्र हाम्रो टोलीमा प्रवेश गर्नसक्छन।

          पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण केन्द्र अन्तर्गत रंगशाला तथा प्रबन्धको सुरक्षा संरक्षण विभागका उप-प्रमुख छाउ तुंग श्यांगले पैचिङ ओलम्पिक खेलकुदका रंगशालाको सुरक्षालाई प्रत्याभूति दिनका लागि पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण केन्द्रले प्रतियोगिताका बेलामा हरेक रंगशालाको बाहिर सुरक्षाका लागि प्रभावकारी कार्य गर्ने जानकारी दिनुभयो।

          चीन सरकारले पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण कार्यलाई उच्च महत्व दिएको छ। जसको कारण पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण केन्द्रका उप-निर्देशक लिउ शाउ वु पैचिङ ओलम्पिक खेलकुदको सुरक्षा संरक्षण कार्यप्रति आफू पूर्ण विश्वस्त भएको कुरा वताउनुहुन्छ,

          पहिलो कुरा, चीन सरकारको निर्देशनमा चीनका सबै ठाउँले सक्रियताका साथ आवश्यक गतिविधि सञ्चालन गरेका छन। दोश्रो कुरा, मुख्य आयोजक स्थान तथा सह-आयोजक स्थानका सरकार तथा ओलम्पिक खेलकुद संयोजन समितिले सुरक्षा कार्यलाई उच्च महत्व दिएका छन। र तेश्रो, ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूति दिनका लागि चीन सरकारले विभिन्न पक्षको शक्ति परिचालित गरेको छ। त्यसै कारण हामी यसको सुरक्षाप्रति पूर्ण विश्वस्त छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040