चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा बोल्दै दारफुर समस्या ओलम्पिक खेलकुदसँग जोड्नु दारफुर समस्याको समाधानका लागि प्रतिकुल रहेको तथा ओलम्पिक भावना विपरित रहेको कुरा वताउनुभयो।
आज परराष्ट्र मन्त्रालयद्वारा पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउ चेन छाउले उक्त कुरा वताउनुभएको हो। उहाँले दारफुर समस्यामा चीनको अडान तथा चीनले निर्वाह गरेको रचनात्मक भूमिका निष्पक्ष रुपमा हेर्न सम्बन्धित व्यक्तिलाई आह्वान गर्नुभयो।
चीनले दारफुर समस्यालाई ठूलो महत्व दिनुका साथै यस समस्याको समाधानका लागि सकारात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्दै आएको कुरा पनि प्रवक्ता लिउ चेन छाउले वताउनुभयो।
|