चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले चौध तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अन्तरीक्षमा सैनिक होडबाजीको रोकथाम गर्ने सम्बन्धमा चीन र रुसले प्रस्तुत गरेको प्रस्तावलाई सम्बन्धित मुलुकहरुव्दारा सक्रियतासाथ समर्थन गर्नेछन् भन्ने कुरामा चीन विश्वस्त रहेको बताउनुभएको छ।
बाह्र तारिखका दिन जेनेभामा आयोजित निशस्त्र सम्मेलनको पूर्ण बैठकमा चीन र रुसले बाह्य अन्तरिक्षमा सैन्य होडबाजीलाई रोकथाम गर्ने सम्बन्धमा एउटा प्रस्तावको मसौदा पेश गरेका छन्। पत्रकारबाट सोधिएको उक्त प्रश्नको जवाफ दिंदै श्री लीउले भन्नुभयो चीनको ठहर अनुसार उक्त मसौदा प्रस्ताव चाहिं विश्वका सबै मुलुकहरुले विश्व शान्ति, स्थायित्व र शान्तिपूर्ण रुपमा बाह्र अन्तरीक्षको प्रयोग गर्ने विषयमा सकारात्मक अर्थ रहेको छ।
|