
हालसम्म पैचिङ्ग ओलिम्पिक खेलकुद समारोह र अपाङ्ग ओलिम्पिक खेलकुद समारोहका लागि दर्ता गरिएका स्वयम सेवकहरुको संख्या नौ लाख तीस हजारभन्दा बढी छ भने नगरका लागि दर्ता गरिएका स्वयम सेवकहरुको संख्या दश लाख असी हजारभन्दा बढी छ।

थाहा भएअनुसार पैचिङ्ग ओलिम्पिक खेलकुद समारोहलाई चाहिने स्वयम सेवको संख्या सत्तरी हजार छ र अपाङ्ग ओलिम्पिक खेलकुद समारोहलाई चाहिने स्वयम सेवकहरुको संख्या तीस हजार छ। त्यसका साथसाथै चालीसभन्दा बढी नगका लागि खटिने स्वयम सेवकहरुले ओलिम्पिक खेलकुद समारोहका रंगशालाहरुको छेउछाउमा रहेका महत्वपूर्ण क्षेत्रहरु र नगरका यातायात, पर्यटन र वाणिज्य क्षेत्रहरुमा सेवा प्रदान गर्नेछन्।

प्राप्त जानकारी अनुसार यस वर्षको मइ महिनामा सम्बन्धित एकाइहरुले ती सबै स्वयम सेवकहरुको निर्णय गर्ने छ।
|