china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा चिनियाँ भाषा तथा संस्कृति दिवस आयोजना हुने भएको छ
    (GMT+08:00) 2008-02-15 18:09:29    

          यही फेब्रुअरी 16 तारिख शनिबार काठमाडौँमा चिनियाँ भाषा तथा संस्कृति दिवसको आयोजना हुने भएको हो। चिनियाँ दूताबासको संस्कृति विभागकी प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई.लाई बताउनु भए अनुसार लिटिल एन्जेल्स स्कुल हात्तविनमा सो कार्यक्रमको आयोजना चिनियाँ दूताबासले गर्नेछ। शिक्षा तथा खेलकूद मन्त्री प्रदीप नेपाल प्रमुख अतिथि र चिनियाँ राजदूत चङ्ग सियाङलिन विशेष अतिथि रहने कार्यक्रममा चिनियाँ भाषामा वक्तृत्वकलाको आयोजना हुनेछ। चिनियाँ भाषा सिक्ने नेपाली विद्यार्थीहरुले चिनियाँ भाषामा आफ्नो मन्तव्य राख्नुका साथै विभिन्न कार्यक्रमहरु प्रस्तुत गर्नेछन्। चिनियाँ गीत, चिनियाँ नृत्य प्रस्तुत गर्ने नेपाली विद्यार्थीहरुलाई प्रशिक्षण दिनन अहिले बाईसजना चिनियाँ स्वयंसेवक शिक्षकशिक्षिकाहरु व्यस्त रहेका छन्। चिनियाँ दूताबासले गतवर्षको सेप्टेम्बर महिनादेखि चिनियाँ भाषा प्रशिक्षण गर्नका लागि बाईसजना चिनियाँ स्वयंसेवकहरुलाई विभिन्न विद्यालयहरुमा खटाएको छ। लिटिल एन्जेल्स स्कुलमा आयोजना हुने चिनियाँ भाषा तथा संस्कृति दिवसमा चिनियाँ चित्रकला प्रदर्शन, कालिग्राफिक प्रदर्शन तथा उसु प्रदर्शन हुनेछ । काठमाडौँमा नै पहिलोचोटि चिनियाँ खाना महोत्सवको पनि आयोजना हुने कुरा दूताबासले जनाएको छ। नेपालमा चिनियाँ भाषा तथा संस्कृतिको प्रचारप्रसार गर्नका लागि यस प्रकारको कार्यक्रमको आयोजना गर्न लागिएको चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई.लाई बताउनुभयो।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040