चीनले बेपत्ता भएका चिनियाँ जहाजीलाई खोजतलाशी गर्न फिलिम्पिन्सका सम्बन्धित विभागलाई ताकिता तुल्याउने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
अस्ति पनामाका एउटा जहाज फिलिम्पिन्सको समुद्री क्षेत्रमा दुर्घटना भयो। त्यसमा अठाईस जना चिनियाँ जहाजी भएका छन। दुर्घटना भएपछि चीनको परराष्ट्र मन्त्रालयले तुरुन्तै जरुरी संयन्त्रको प्रयोग गरी फिलिम्पिन्ससँग चिनियाँ जहाजीलाई खोजतलाशी तथा उद्धार गर्न सक्दो प्रयास गर्ने मांग प्रस्तुत गरेको छ। हालसम्म उद्धार गरिएका छबीस जना चिनियाँ जहाजीको अवस्था राम्रो देखिन्छ। तिनीहरु एउटा जापानी जहाजद्बारा अस्ति जापान पुग्ने छन। तर अन्य दुइ जना जहाजी अझ बेपत्ता रहेका छन।
|