चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र संघीय सुरक्षा परिषदको 1244 नम्बरको निर्णय प्रस्ताव नै हालसम्म कोसोभोको स्थान सम्बन्धी समस्याको समाधान गर्ने राजनैतिक आधार तथा कानूनी प्रमाण हो भन्नुभयो।
स्थानीय समय अनुसार कोसोभोले अस्ति एक तर्फी रुपबाट स्वाधिनताको घोषणा गरेको थियो। चीनले यसमा महत्वपूर्ण दृष्टि पुर्याएको छ। आजको पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै प्रवक्ता लीउ चेन छाउले कोसोभो समस्याको समाधानमा चीनले अझ सकारात्मक भूमिकाको निर्वाह गर्ने कुरा बताउनुभएको छ।
|