china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ पथ-मैदान प्रतियोगिता क्षेत्रका खेलाडीद्वारा पैचिङ ओलम्पिक खेलकुदका लागि हिउँद ऋतुमा सक्रियताका साथ तालिममा सहभागी गरिएको विषयको पहिलो भाग
    (GMT+08:00) 2008-02-19 14:41:43    

          2008 पैचिङ ओलम्पिक खेलकुदका लागि चिनियाँ पथ-मैदान प्रतियोगिता क्षेत्रका खेलाडिहरुले हाल चौतर्फीरुपमा तालिम लिइरहेका छन। यस पटकको हिउँद ऋतुको तालिम खेलाडीहरुको शारीरिक क्षमता बढाउने, अवस्थालाई तारतम्य मिलाउने तथा प्रविधिलाई उकास्ने निर्णायक अवधि हो। आजको पैचिङ ओलम्पिक कार्यक्रममा यस विषय लिएर एउटा विस्तृत विवरण सुन्नुहोस्।

          सन् 2007 मा चीनको पथ-मैदान प्रतियोगिता क्षेत्रमा हासिल भएको उपलव्धिबारे सिंहावलोकन गर्दा उल्लेख गर्नलायकका कुरा धेरै छन। जापानको ओसाकामा आयोजित विश्व पथ-मैदान प्रतियोगितामा चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीले एउटा स्वर्ण पदक, एउटा रजत पदक, एउटा कांस्य पदक प्राप्त गरेको छ भने चिनियाँ टोली पदक तालिकामा एघारौं स्थानमा रहेको छ। यो सन् 1993 मा आयोजित विश्व पथ-मैदान प्रतियोगितादेखियता चिनियाँ टोलीले प्राप्त गरेको सबैभन्दा उत्तम उपलव्धि हो। एशिया पथ-मैदान प्रतियोगितामा जगेडाको रुपमा रहेका खेलाडीहरुबाट गठित चिनियाँ टोलीले सातवटा स्वर्ण पदक, पाँचवटा रजत पदक तथा चारवटा कांस्य पदक प्राप्त गरी एशियामा पहिलो स्थानमा रहेको छ। त्यसका अतिरिक्त, केही प्रख्यात खेलाडीहरुले पनि उत्कृष्ठ उपलव्धि हासिल गर्नुभयो। उदाहरणका लागि, सुश्री चौ छुन श्युले यस वर्ष विश्वमा सबैभन्दा प्रसिद्ध लण्डन माराथन प्रतियोगिताअन्तर्गत महिलातर्फ च्याम्पिएनशीप हासिल गर्नुभयो। उक्त उपलव्धि हासिल गरिएको कारणबारे चर्चा गर्दै चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीका प्रधान प्रशिक्षक फंग शु यौंग भन्नुहुन्छ, 

          मेरो विचारमा, त्यो बितेका केही वर्षदेखियताको हाम्रो प्रयाससँग घनिष्ठ सम्बन्धित रहेको छ। बितेका केही वर्षदेखि हामीले हरेक खेलको नियम तथा विशेषताको जोडतोडसँग अनुसन्धान गर्दैआएका छौं।

          गत वर्ष प्राप्त गरिएको उपलव्धिले चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीलाई अरु ठूलो विश्वास दिलाएको छ। त्यस वर्ष भएको उत्कृष्ठ अभिव्यक्तिका कारण चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीले 2008 को ओलम्पिक खेलकुदका लागि अरु सक्रियताका साथ तयारी गरेको छ। चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीका विभिन्न खेलका खेलाडीहरुले हाल चीनका विभिन्न ठाउँहरुमा पहिलो चरणको तालिम लिइरहेका छन। चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीका प्रधान प्रशिक्षक फंग शु यौंग यस चरणको तालिमको परिणामको निचोड निकाल्दै भन्नुहुन्छ, 

          करिब दुइ महिनाको तालिमपछि समग्र परिणाम राम्रो छ। अहिलेसम्म हामीलाई सन्तुष्टि लागेको छ। अत्यधिक खेलाडीहरुले तुलनात्मकरुपमा राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040