पैचिङ्ग ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा हालसम्म असी मुलुकबाट आउनुहुने राजनैतिज्ञ, राष्ट्रानायक तथा राजदरबारका सदस्यहरु गरी एक सयभन्दा बढी महानुभावको सहभागिता हुने कुरा निश्चित पारिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले ती महानुभावको चीनले हार्दिक स्वागत गरेको कुरा पनि औंल्याउनुभएको छ।
थाहा भए अनुसार अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश र फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजी लगायत केही मुलुकका नेतागणले पनि पैचिङ्ग ओलम्पिक खेलकुदुको उद्घाटन समारोहमा भाग लिनुहुने कार्यक्रम रहेको छ।
|