china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदका लागि खाद्यपदार्थको सुरक्षाको प्रत्याभूति
    (GMT+08:00) 2008-02-21 20:29:11    

             पैचिंग ओलम्पिक खेलकुदका लागि खाद्यपदार्थको सुरक्षासम्बन्धी समस्यालाई मानिसहरुले सधैं नै ख्याल-दृष्टि पुर्‍याउँदैआएका छन‌। आज विहान पैचिंग नगरपालिका तथा पैचिंग ओलम्पिक खेलकुद गठन समितिका सम्बन्धित अधिकारीले पैचिंगमा बोल्दै पैचिंग ओलम्पिक खेलकुदका लागि खाद्यपदार्थको सुरक्षालाई चौतर्फीरुपमा प्रत्याभूत गर्ने कुरा बताउनुभयो।

              सन् 2001 मा पैचिंगले उनान्तिसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार पाएदेखि यता विश्वमा सबैभन्दा ठूलो यस खेलकुद समारोहको बेरोकटोकका आयोजना गर्नका लागि पैचिंग नगरपालिका र पैचिंग ओलम्पिक खेलकुद गठन समितिले दत्तचित्त भएर तयारी गर्दैआएका छन्। खाद्य पदार्थको सुरक्षा मानिसहरुको स्वास्थ्यसित सम्बन्धित भएकाले त्यो तयारी कार्यमध्येको एकदमै महत्वपूर्ण काम हो। सन् 2005 देखि पैचिंग नगरपालिकाले "ओलम्पिक खेलकुदका खाद्यपदार्थको सुरक्षासम्बन्धी गतिविधि कार्यक्रम"को तर्जुमा गरी लागू गर्दैआएको छ। बितेका तीन वर्षमा सिंगै शहरमा पैचिंग नगरपालिकाले खाद्यपदार्थको सुरक्षाको अनुगमन र व्यवस्थापन गर्ने दीर्घकालीन पद्धतिको स्थापना पनि गरेको छ। पैचिंग शहरको खाद्यपदार्थको सुरक्षा कार्यालयका प्रेस प्रवक्ता श्रीमती थांग युन् व्हाले आज पैचिंगमा पत्रकारहरुलाई पैचिंग शहरको खाद्यपदार्थको सुरक्षासम्बन्धी सञ्जालको अनुगमन र नियन्त्रण व्यवस्थाको सन्चालनबारे जानकारी दिनुभयोः मुहानमा रहने पशुपालक क्षेत्रका लागि पशु पालनको अवस्था, औषधिको उपयोग गर्ने अवस्था, संसर्गरोधको अवस्था तथा दानाको आपूर्तिको अवस्थालाई हामीले एकीकृतरुपमा अनुगमन र व्यवस्थापन गर्छौं जसबाट पशु-पालनको मुहान क्षेत्रमा कुनै पनि अनावश्यक औषधिको प्रयोग नगरिएको होस, अर्थात् पशु पालनको मुहान क्षेत्रमा दाना र मासुको सुरक्षालाई प्रत्याभूत गर्नसकियोस।

                    पैचिंग नगरपालिकाका अधिकारीका अनुसार, हाल पैचिंगमा लागू भएको "राजधानीको खाद्यपदार्थको सुरक्षासम्बन्धी मापदण्ड"को नियम अन्तर्राष्ट्रिय खाद्यपदार्थको सुरक्षाको नियभभन्दा पनि कडा छ। पैचिंग खाद्यपदार्थको सुरक्षाको अनुगमन र नियन्त्रण केन्द्रका प्रमुख लु युंगले उपमाका साथ उक्त भिन्नताबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयोः जस्तो भनौं मासुमा बाँकी रहेका "मासु बढाउने पाउडर"जस्तो औषधिबारे हामीहरुले अपनाएको मापदण्डअनुसार, मासुको जाँच-बुझ गरी पत्ता लाउन सक्दैन, तर केही मुलुकहरुमा त्यसका लागि खालि परिमाणमा मात्र सीमित गरिएको छ। जस्तो भनौं, केही मुलुकहरुमा मासूमा पचास पी पी बि को उक्त पाउडर पत्ता लागे पनि पारित हुन्छ।

                   उपरोक्त कारणले पैचिंगको खाद्यपदार्थको सुरक्षा समस्याको नियन्त्रण गर्ने अधिकारीले विभिन्न मुलुक र क्षेत्रका प्रतिनिधिमण्डल तथा विश्वभरिका पर्यटकहरुलाई निश्चिन्त भएर पैचिंगमा मिठो चिनियाँ खाना चाख्न आह्वान गर्दै सडे-गलेका वा स्वास्थ्यका लागि हानिकारक अन्य कुनै खाद्यपदार्थ खानुपर्ने चिन्ताबाट मुक्त रहन आग्रह गर्नुभयो।

                  सञ्चार माध्यले जनाएअनुसार, विगत केही समयअघि अमेरिकी प्रतिनिधिमण्डलले पैचिंगको खाद्यपदार्थको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको थियो। यसका अतिरिक्त, सो प्रतिनिधिमण्डलले‌ आफ्नै खाद्यपदार्थ सहित ओलम्पिक खेलकुदमा सहभागि हुनेजस्तो कुरा गरेको थियो। यस्तो समस्यालाई लक्षित गर्दै पैचिंग ओलम्पिक खेलकुद गठन समितिको खेलकुद सेवा विभागका उप-प्रमुख श्रीमति स्यांग फिंगले खाद्यपदार्थको सुरक्षाबारे चिन्तित नहुन सबैलाई आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय चलनअनुसार, पहिलेदेखि अहिलेसम्मका ओलम्पिक खेलकुदमा प्रतिनिधिमण्डलले आफ्नै खाद्यपदार्थ बोकेर ओलम्पिक गाउँमा प्रवेश गर्न छुट नदिइएको कुरामा उहाँले जोड दिनुभयो।यो कार्य पनि खाद्यपदार्थको सुरक्षाको नियन्त्रणका लागि हो। किनकि केही खाद्यपदार्थ, विशेषगरी ताजा र कच्चा खाद्यपदार्थको भण्डार गर्नका लागि निकै गम्भीर वातावरणको आवश्यकता पर्दछ। अनि ओलिम्पिक गाउँमा यस्तो वातावरण छैन। बिग्रेका खाद्यपदार्थ खानु खेलाडीको स्वास्थ्यका लागि अहितकर हुन्छ। अर्कातिर खेलकुदको संयोजक पक्षले ओलिम्पिक गाउँमा प्रशस्त मात्रामा मिठा खाद्यपदार्थ उपलव्ध गराउँछ। हामीहरुले पनि सबै खेलाडीहरुले ती खाद्यपदार्थको उपभोग गर्नसक्ने आशा गरेका छौं।

               स्यांग फिंगका अनुसार, संयोजकका रुपमा रहेर पैचिंग ओलम्पिक खेलकुद समितिले विभिन्न प्रतिनिधिमण्डलले आफै खाद्यपदार्थ बोक्ने विचार छोडिदिने आशा गरेको छ, किनकि चिनियाँ खाद्यपदार्थ प्रयाप्त र मिठो स्वादका मात्र नभई तीनको सुरक्षाको प्रत्याभूति पनि छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040