सन् 2008पैचिङ्गले कोइला, विद्युत शक्ति, प्राकृतिक ग्याँस तथा तेल लगायत आपूर्तिको ग्यारण्टी प्रणालीलाई अझ पूर्णता दिलाएर पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी सबै उर्जा-स्रोतको सञ्चालनलाई सुनिश्चित पार्ने भएको छ।
पैचिङ्ग शहरको विकास तथा सुधार समितिका प्रमुख चाङ्ग कोङ्गले आज पैचिङ्गमा भैरहेको "राजधानीको उर्जा-स्रोत तथा आर्थिक सञ्चालनसम्बन्धी कार्यकारी सम्मेलन"मा उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, सन् 2008मा पैचिङ्गले उर्जा-स्रोतको खर्च गरिने कूल मात्रालाई छ करोड पचास लाख टनभित्र नियन्त्रण गरिने योजना गरेको छ।
|