केही वर्ष यता चीनले अनेकन कानून र नियम तय गरेर सन् 2008 पैचिंग ओलम्पिक खेलकूद समारोहको सुरक्षा गर्ने भएको कुरा सिन्व्हा समाचार समितिले जनाएको हो ।
केही वर्ष यता पैचिंग शहरले " ओलम्पिक बौद्धिक सम्पति अधिकारको संरक्षण सम्बन्धी नियम" , "ठुलो खालको सामाजिक कार्यक्रमको सुरक्षा व्यवस्था सम्बन्धी नियम"जस्ता केही नियमहरु तय गरेको छ । यसका अतिरिक्त स्वयम सेवक , रेडियो संचार , मानसिक स्वस्थ , खानेकुराको सुरक्षा आदि धेरै क्षेत्रका धेरै कानून र नियमहरु तर्जुमा गर्नुका साथै पर्यटन व्यवस्थापन, शहरको वातावरण र सफाइ सम्बन्धी विधिविधान जस्ता स्थानीय कानून र नियमलाई संशोधन पनि गरिसकेको छ ।
पैचिंग शहरका केही स्थानीय कानून र नियम बाहेक चीनले राष्ट्र स्तरका रुपमा सम्बन्धीत कानून र नियम तय गरेको छ । सन् दुई हजार दुई सालमा राज्य परिषदले "ओलम्पिक प्रतीकको संरक्षण सम्बन्धी विधिविधान" पनि प्रकाशित गरेको छ ।
|