हाल पैचिङ्ग मौसम विभागले विगत तीस वर्षको मौसमको अवस्थाको विश्लेषण गरी के कुरा औंल्याएको छ भने, पैचिङ्ग ओलम्पिक खेलकुद अवधिमा पैचिङ्गको सरदर तापक्रम चौबीस दशमलव नौ डिग्री सेन्टीग्रेड पुग्ने छ।
हालै केही विदेशी सञ्चार माध्यमले हरेक वर्षको अगष्ट महिनामा पैचिङ्गमा उच्च तापक्रम र उच्च आर्द्रता हुन्छ र त्यसबाट खेलाडीहरुका लागि समस्या थप्नसक्ने कुरामा चिन्ता व्यक्त गरेका छन।
पैचिङ्ग मौसम ब्यूरोअन्तर्गत मौसम केन्द्रका प्रमुख को वन लीले अगष्ट महिनाको सात तारिखदेखि पैचिङ्गको तापक्रम र आर्द्रता निरन्तर रुपमा घट्दैजाने छ र विस्तारै-विस्तारै एक वर्षको सबैभन्दा राम्रो मौसमको अवस्थामा प्रवेश हुनेछ भन्नुभएको छ। तामक्रम र आर्द्रताको समष्टिगत लक्षित अंकको हिसाबअनुसार पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा पैचिङको मौसम वार्सिलोनाको जस्तै हुनेछ र अटलान्टा र यथेन्सको भन्दा अलिकति राम्रो हुनेछ।
|