china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "स्वी लि फाङ्ग" रंगशालाको प्रयोगात्मक परिक्षणमा विभिन्न पक्षहरुबाट राम्रो मूल्याङ्कन
    (GMT+08:00) 2008-02-25 20:38:26    

           सन् 2008 पैचिङ्ग ओलम्पिक खेलकुद यसै वर्षको अगष्ट महिनामा आयोजित हुनलागेको छ। विभिन्न रंगशालाहरुको परीक्षण गर्न, ओलम्पिक खेलकुद समारोहको तयारी कार्यको जाँचबुझ गर्न र ओलम्पिक कार्य टोलीको सं‍योजकहरुको क्षमतालाई उकास्नका लागि विगत वर्षको जूलाइदेखि ओलम्पिक खेलकुदको आयोजना गर्नुअघिसम्म चीनले "सौभाग्य पैचिङ्ग" नाउँमा परीक्षणका रुपमा अनेकौं प्रतियोगिताहरुको आयोजना गरेको छ वा गर्नलागेको छ। हिजो चौबीस तारिखका दिन सम्पन्न अन्तर्राष्ट्रिय डुबुल्की विश्व कप प्रतियोगिता तिनीहरुमध्येको एक हो। यो राष्ट्रिय पौडी केन्द्रको स्थापना भएपछि आयोजित दोस्रो महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता हो। पैचिङ्ग ओलम्पिक खेलकुदका क्रममा "स्वी ली फाङ्ग"रंगशालामा पौडी प्रतियोगिता र डुबुल्की प्रतियोगिता आदिको आयोजना गरिने छ। त्यसो भए त्यसको प्रतियोगात्मक परीक्षणमा त्यसको क्षमता कस्तो छ?अब एउटा विवरण सुन्नुहोस्-

             उपर्युक्त रंगशालामा आयोजित गरिएको प्रतियोगिताका अवसरमा अन्तर्राष्ट्रिय पौडी संघका अध्यक्ष गोर्नेल मार्कुलेस्कुलगायतका व्यक्तिहरुले उक्त रंगशालामा आयोजित गरिएका खेलका विभिन्न कार्यहरुको जाँचबुझ गर्नुभएको थियो। उक्त संघका प्राविधिक अधिकारी इल्दोन गोदफ्रीले पत्रकारसँगको अन्तर्वार्तामा भन्नुभयो-  

            स्वी लि फाङ्ग रंगशाला एकदमै सुन्दर छ र यो विश्वमा सबभन्दा सुन्दर वास्तु नै हो यो भन्न सकिन्छ। त्यसै भएको हुनाले हाम्रा लागि गौरव गर्नलायक छ यो।

            त्यसका साथसाथै विश्वका विभिन्न ठूला सञ्चार माध्यहरुले पनि स्वी लि फाङ्ग रंगशालामाथि निकै ठूलो नजर पुर्‍याउँदैआएका छन्। विश्वका विभिन्न क्षेत्रहरुबाट आउनलागेका पत्रकारहरुलाई निकै राम्रो कार्य-वातावरण प्रदान गर्नका लागि स्वी ली फाङ्ग रंगशालामा स्थापित समाचार केन्द्रले तिनीहरुका लागि कडाइका साथ बेग्ला-बेग्लै कार्य-क्षेत्र स्थापित गर्दछ जसले गर्दा एकले अर्कालाई काममा बाधा पार्न सक्दैन। त्यसका साथै, प्रतियोगिताका क्रममा तालिम लिइसकेका स्वयंसेवकहरुले उनीहरुलाई सूचनाहरु दिने व्यवस्था छ। त्यसका अतिरिक्त, सूचना केन्द्रले पत्रकारहरुलाई आदान-प्रदान गर्ने, चिया खाने र आराम गर्ने ठाउँहरु पनि उपलव्ध गराउँछ। राइटसबाट आउनुभएका पत्रकार निक्क मुल्भेन्नेयले भन्नुभयो-  

             हामीलाई छिटो सूचना प्रवाह गर्ने सेवा चाहिन्छ। यस बारेमा उनीहरुले निकै राम्रो व्यवस्था गरेका छन्। स्वयंसेवकको कुरा उठाउँदा उहाँले के बताउनुभएको छ भने उनीहरु सधैं नै मैत्रीपूर्ण छन र मिलनसार छन्। उनीहरुको सहायता र मद्दत हामीहरुलाई एकदमै मन पर्छ।

             उहाँको भनाइअनुसार, जाँच-बुझ र परिक्षण गर्नुको उद्देष्य केही समस्या भए तीनलाई पत्ता लगाउनु हो। तर स्वी लि फाङ्ग रंगशालाभित्रको तापक्रम अलि बढी भएको पाइएको थियो। अहिले पैचिङ्गमा हिउँद ऋतु छ। ओलम्पिक खेलकुदको आयोजना गर्ने बेला ठीक ग्रीष्म ऋतु हुन्छ। त्यसै भएको हुनाले रंगशालाभित्रको तापक्रम अझै पनि नियन्त्रित हुनुपर्छ।

            विश्वका विभिन्न क्षेत्रहरुबाट आएका डुबुल्कीबाजहरुले यस प्रतियोगिताको अवसरको प्रयोग गरी ओलम्पिक रंगशालाको वातावरणसित मेल खाने आशा लिएका छन।

            उपर्युक्त प्रतियोगिताले विश्वका अनेकौ‍ नामी खेलाडीहरुलाई आकर्षित गरेका छ। उनीहरुको सहभागिताले दर्शकहरुको उत्साहलाई बढाएको छ। रंगशालाभित्र हूलका हूल दर्शकहरु छन। स्वी लि फाङ्ग रंगशालामा काम गर्नेहरुले आपसमा सहयोग गरी खेललाई सुचारु रुपमा अघि बढ्न सहयोग पुर्‍याएका छन। राष्ट्रिय पौडी केन्द्रका एकजना अधिकारी शाङ्ग ह शुनले भन्नुभयो-

            रंगशालाको आधारभूत टोलीका सदस्यको हैसियतले हामीले प्रतियोगितालाई चाहिएका अनेकौं अभ्यासहरु गरेका थियौं। यसरी हाल हुर्कंदै-बढ्दैआएका छौं। हाम्रा सेवाका क्षमताहरु पनि बढ्दैआएका छन। तर हामीले के कुरा बुझेका छौं भने, हामीले अनुशासनका साथ अझै राम्रोसित काम गर्नुपर्छ।

            पैचिङ्ग ओलम्पिक खेलकुद नजीकिंदै आएको हाराहारीमा ओलम्पिक खेलकुदसित सम्बन्धित विभिन्न रंगशालाहरुको परीक्षण निरन्तर रुपमा हुँदैजाने छ। पैचिङ्गले सक्रिय अडान र धारणा लिएर हरेक रङ्गशालाको गुणस्तर परीक्षामा उत्तिर्ण हुने कुराको स्वागत गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040