बेलायतका विदेशी मन्त्री डेभिद मिलिबान्दले पच्चीस तारिखका दिन हङ्ग कङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बेलाय पैचिङ्ग ओलम्पिक खेलकुद समारोहमा चौतर्फी रुपमा सहभागी हुनुका साथै बेलायतका प्रधान मन्त्री ओलम्पिक समारोहको भव्य कार्यक्रममा उपस्थित हुनुहुने कुराको जानकारी दिनुभएको छ।
उहाँले चौबीस तारिखका दिन हङ्ग कङ्ग पुग्नुभई चीनको औपचारिक भ्रमण थाल्नुभएको छ। उहाँले बेलायतबाट प्रस्थान गर्नुअघि ब्लोगमा के कुरा बताउनुभएको छ भने, उहाँ चीनको भ्रमणको प्रतीक्षामा हुनुहुन्छ र पैचिङ्ग ओलम्पिक खेलकुदको मौका छोपेर चीनमाथि दवाव दिने कुराको विरोध गर्नुहुन्छ।
त्यसका अतिरिक्त, उहाँले हङ्ग कङ्ग चीनमा समाहित भएको दश वर्षको सफलता आफूले अनुमान गरेकोभन्दा बढी भएको र त्यसले केही मानिसहरुको निराशाजनक भविष्यवाणीलाई गलत सावित गरिसकेको कुरा पनि बताउनुभयो।
|