
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले चीनका परराष्ट्रमन्त्री याँग च्ये छले आज हाल चीनको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री कोन्दोलीजा राइससँग वार्ता गर्नुभएको कुरा वताउनुभयो। आज पेइचीँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा वताउनुभएको हो।
वार्ताका अवसरमा उहाँहरुले इरानको आणविक समस्याबारे वैचारिक आदान-प्रदान गर्नुभएको कुरा वताउँदै उहाँले संयुक्त राष्ट्र संघको सम्बन्धित गतिविधिले चौतर्फी र दीर्घकालीनरुपमा इरानको आणविक समस्याको समाधान गर्नसक्ने आशा चीनले गरेको कुरा वताउनुभयो।
यसका साथै, श्री लिउले कुटनीतिक वार्तामार्फत इरानको आणविक समस्याको समाधान गर्नुपर्ने विचार चीनले लिएको कुरा वताउनुभयो। चीन, अमेरिका तथा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका अरु सदस्य-मुलुकले निरन्तररुपमा संयुक्त राष्ट्र संघको सम्बन्धित मसौदाबारे सल्लाह गर्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।
|