चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले भेटिकनसितको सम्बन्ध सुधार गर्ने चीनको सदिच्छा रहिआएको छ भन्दै दुइवटा सिद्धान्तका आधारमा निरन्तररुपमा भेटिकनसितको सम्बन्धलाई सुधार गर्ने बाटो पहिल्याउन चीन इच्छुक रहेको विचार व्यक्त गर्नुभयो।
उहाँले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता लिउले भन्नुभयो- चीन-भेटिकन सम्बन्धमा सुधार ल्याउन पालना गर्नुपर्ने दुइवटा आधारभूत सिद्धान्त यस प्रकार छन्- एक, भेटिकनले थाइवानसितको तथाकथित "कूटनैतिक सम्बन्ध"लाई विच्छेद गर्नुपर्ने, विश्वमा एक मात्र चीन छ भन्ने कुरालाई मान्यता दिनुपर्ने र जन-गणतन्त्र चीन सरकार चीनको प्रतिनिधित्व गर्ने एक मात्र वैधानिक सरकार भएको कुरालाई मान्नुपर्ने ठहर चीनले लिएको छ र दुइ, चीनले भेटिकनसँग धर्मका नाउँमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कामकुरालाई रोक्नुपर्ने आग्रह गरेको छ।
|