 गत वर्ष प्राप्त गरिएको उपलव्धिले चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीलाई अरु ठूलो विश्वास दिलाएको छ। त्यस वर्ष भएको उत्कृष्ठ अभिव्यक्तिका कारण चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीले 2008 को ओलम्पिक खेलकुदका लागि अरु सक्रियताका साथ तयारी गरेको छ। चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीका विभिन्न खेलका खेलाडीहरुले हाल चीनका विभिन्न ठाउँहरुमा पहिलो चरणको तालिम लिइरहेका छन। चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीका प्रधान प्रशिक्षक फंग शु यौंग यस चरणको तालिमको परिणामको निचोड निकाल्दै भन्नुहुन्छ,
करिब दुइ महिनाको तालिमपछि समग्र परिणाम राम्रो छ। अहिलेसम्म हामीलाई सन्तुष्टि लागेको छ। अत्यधिक खेलाडीहरुले तुलनात्मकरुपमा राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरेका छन।

चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीको हिउँद ऋतुको तालिममा मानिसहरु लिउ श्यांगलाई भेट्नसक्छन। हाल चीनको पथ-मैदान प्रतियोगिता क्षेत्रबारे चर्चा गर्नेवित्तिकै मानिसहरु यथेन्स ओलम्पिक खेलकुदअन्तर्गत एक सय दश मिटर अवरोध दौड प्रतियोगितामा स्वर्ण पदक विजेतालाई सम्झन्छन। चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीका खेलाडीहरुमध्ये पहिलो नम्बरमा रहेका लिउ श्यांगले उत्कृष्ठ उपलव्धिमार्फत पटक-पटक आफ्नो क्षमतालाई प्रमाणित गर्नुभएको छ। विशेषगरी, यसै वर्ष जापानको ओसाकामा आयोजित विश्व पथ-मैदान प्रतियोगितामा उहाँले पुरुषतर्फको एक सय दश मिटर अबरोध दौडमा विजय हासिल गरेर बितेका धेरै वर्षदेखिको आफ्नो सपनालाई साकार रुप दिनुभएको छ।
सन् 2007मा चीनको पथ-मैदान प्रतियोगिता क्षेत्रमा केही उत्तम उपलव्धि हासिल भएको र यस पटकको हिउँदे तालिममा प्रगति हासिल भए तापनि चीनको पथ-मैदान प्रतियोगिताको स्तर विश्वका शक्तिशाली मुलुकहरुको तुलनामा पिछडिएको छ। विश्वमा चीनको पथ-मैदान प्रतियोगिताको स्थानबारे प्रधान प्रशिक्षकको स्पष्ट सोच छ। 2008 पैचिङ ओलम्पिक खेलकुदबारे चर्चा गर्दै उहाँले "जिम्मेवारी कठिन र अवस्था गम्भीर" चिनियाँ पथ-मैदान प्रतियोगिता टोलीको सामू देखापरेको चुनौति हुने विचार व्यक्त गर्नुभएको छ।

अब पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन हुन अब सात महिना मात्र बाँकी छ। यस्तो छोटो अवधिमा ओलम्पिक खेलकुदप्रति हामीलाई "जिम्मेवारी कठिन र अवस्था गम्भिर" भएको अनुभव भएको छ। त्यसको पहिलो कारण हाम्रो शक्ति सिमित छ, विश्वको अघिल्लो दश स्थानमा रहेका हाम्रा खेल तथा खेलाडीहरुको संख्या त्यति धेरै छैन। दोश्रो कारण, श्रेष्ठता रहेको खेललगायत हरेक खेलमा अरु देशका टोलीहरु धेरै शक्तिशाली छन।
|