
पैचिंग नगर वातावरण संरक्षण ब्यूरोका उप-प्रमुख तु शाओ चोंगले पैचिंगले ओलम्पिक खेलकूदका अवधिमा जल-वायुको गुण-स्तरलाई उत्तम पार्ने कुराको प्रत्याभूतिका लागि सक्रियताका साथ विभिन्न पाइलाहरु चालिने कुराको जानकारी दिनुभएको छ।
उहाँले आज पैचिंग ओलम्पिक खेलकूद प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
उप-प्रमुख तुका अनुसार, पैचिंगले वरिपरिका पाँचवटा प्रान्त र शहरहरुसित मिलेर धूलो र तुवाँलो, मोटर-गाडी, उद्योग र जल्ने कोइला आदिबाट हुने प्रदूषणलाई व्यवस्थित पार्ने पक्षमा संयुक्त कारवाई गर्नेभएको छ।
|