china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका सहायक परराष्ट्रमन्त्रीले नेपालको भ्रमण गर्नुहुने भएको छ
    (GMT+08:00) 2008-02-28 19:01:16    
            नेपाल र चीनका परराष्ट मन्त्रीहरुको बैठकमा भाग लिनका लागि चीनका सहायक परराष्ट्रमन्त्री ही याकेइले नेपालको भ्रमण गर्नेहुनुभएको हो । चिनियाँ सहायक परराष्ट मन्त्री याकेइले आगामी मार्च 2 तारिखदेखि 4 तारिखसम्म नेपालको भ्रमण गर्नुहुनेछ ।

            परराष्ट्रमन्त्रालयका चिनियाँ डेक्सका लोकबहादुर क्षेत्रीले सि.आर.आई.लाई बताउनुभए अनुसार आगामी मार्च ३ तारिखमा नेपाल र चीनका परराष्ट्रमन्त्रालयको संयन्त्रको सातौँ बैठक परराष्ट मन्त्रालयमा बस्ने भएको छ । यस बैठकले दुई देशबीचको सम्बन्धमा विविध पक्षमाथि छलफल गर्नेछ ।

             नेपाल र चीनबीचको सीमाका बारेमा, दुईपक्षीय सहयोगको विस्तारका बारेमा तथा दुवै देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धका बारेमा पनि बैठकमा छलफल हुनेछ । चीनले नेपालको विकासमा गर्दै आएको सहयोग तथा नेपाल र चीनबीचको सम्बन्धमा अझै न्यानोपन थपिएको अवस्थामा चिनियाँ सहायक परराष्ट्रमन्त्रीको नेपाल भ्रमणले महत्व बोकेको कुरा परराष्ट मन्त्रालयले बताएको छ ।

             चिनियाँ सहायक परराष्ट मन्त्रीले नेतृत्व गर्नुहुने प्रतिनिधिमण्डलको स्वागतार्थ चीन अध्ययन केन्द्रले पनि एक कार्यक्रमको आयोजना गर्न लागेको छ ।

             चीनमा आयोजना हुँदै गरेको 29 औँ ओलम्पिक खेलकूदको व्यापक प्रचारप्रसारसँगै चिनियाँ गतिविधि तीब्र रुपमा नेपालमा बढिरहेको छ । आसन्न संविधानसभाको निर्वाचनका लागि पनि चीनले नेपाललाई ठूलो सहयोग उपलब्ध गराएको छ ।

             चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040