चीन अध्ययन केन्द्रका उपाध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले चीनको समग्र परिचय समेट्ने गरी चीन चियाउने आँखी झ्याल नामक पुस्तक प्रकाशन गर्नुभएको हो । चीन अध्ययन केन्द्रारा प्रकाशित सो पुस्तकमा चीनको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक पक्षलाई समग्र समेटिएको छ ।
विभिन्न 19 वटा शीर्षकहरुमा चीनको परिचयलाई पुस्तकमा राखिएको छ । चीनको राजनीतिक प्रणाली र राज्य संरचनामा तङ्ग स्याओपेङ्गले आधुनिक चीनको अर्थतन्त्रमा पुर्याउनु भएको योगदानलाई सूक्ष्म ढङ्गले पुस्तकमा चर्चा गरिएको छ । नयाँ चीन स्थापनापटि चीनले अवलम्वन गरेको समाजवादी अर्थतन्त्र तथा भावी मार्गचित्रका साथै विश्वव्यापार सङ्गठनमा चीनको उपस्थितिले विश्वमा सकारात्मक असर पारेको कुरालाई प्राध्यापकश्रेष्ठले नेपाली पाठक सामु पस्कनुभएको छ ।
नयाँ चीनमा शिक्षा, प्राविधिक शिक्षा र व्यावसायिक शिक्षाका बारेमा पनि पुस्तकमा चिरफार गरिएको छ । चीनमा आयोजना हुँदै गरेको 29 औँ ओलम्पिक खेलकूदको व्यापक प्रचारप्रसारसँगै चिनियाँ गतिविधि तीब्र रुपमा नेपालमा बढिरहेको छ । आसन्न संविधानसभाको निर्वाचनका लागि पनि चीनले नेपाललाई ठूलो सहयोग उपलब्ध गराएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|