चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं केन्द्रीय समितिको दोश्रो पूर्णं बैठक पच्चिसदेखि सत्ताइस तारिखसम्म पैचिंगमा आयोजित गरिएको थियो। सो अवसरमा पार्टी केन्द्रीय समितिका महासचिव हू चिन थाउले महत्वपूर्ण सन्देश दिनुभयो।
सो बैठकले पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोबाट एघारौं चिनियाँ राष्ट्रिय जन-काँग्रेससमक्ष सिफारिश गरिनलागेका सरकारी नेताहरुको प्रस्तावित नामावली तथा एघारौं जन-राजनीतिक परामर्शदातृ सम्मेलनको पहिलो अधिवेशनसमक्ष सिफारिश गर्नलागिएका जन-राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका नेताहरुको प्रस्तावित नामावली पारित गरेको छ।
सो बैठकले औंल्याएको छ- जन-काँग्रेस परिपाटी र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुदलीय सहयोग र राजनीतिक परामर्शको परिपाटीलाई अरु बढी कायम राख्नुपर्छ, त्यसलाई राम्ररी पूर्णता दिलाउनुपर्छ र राम्ररी विकसित पार्नुपर्छ।
यसका साथै, सो बैठकले जनवरी महिनामा दक्षिणी भेगमा भएको प्रकोपबाट सर्वसाधारणको दैनिक जीवनमा ठूलो आपत्ति उत्पन्न भएको परिप्रेक्ष्यमा हालका लागि राम्ररी पुनःनिर्माण कार्य गर्नुका साथै त्यहाँका सर्वसाधारणको जीवनलाई राम्ररी बन्दोबस्त मिलाउनुपर्ने ठहर लिएको छ।
|