china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरियाली प्रायद्वीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तामा निरन्तररुपमा रचनात्मक भूमिका निर्वाह गर्न चीन इच्छुक
    (GMT+08:00) 2008-02-28 19:15:25    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरियाली प्रायद्वीपको आणविक समस्या सम्बन्धी छ-पक्षीय वार्तामा निरन्तररुपमा रचनात्मक भूमिका निर्वाह गर्न चीन इच्छुक रहेको कुरा वताउनुभयो। पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउ चेन छाउले उक्त कुरा वताउनुभएको हो।

            उहाँका अनुसार, हाल सम्बन्धित विषयमा केही कठिनाइ तथा समस्याहरु देखापरेका छन। तथापि छ-पक्षीय वार्ता प्रक्रिया कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने लक्ष्यतर्फ उन्मुख रहेको ठहर चीनले लिएको छ। अरु पक्षले पनि आशावादी धारणा लिएर आ-आफ्नो वचनबद्धताको पालना गर्न तथा छ-पक्षीय वार्ता प्रक्रियालाई अघि बढाउन प्रयास गर्ने इच्छा व्यक्त गरेका छन।

            यसका साथै, प्रवक्ता लिउ चेन छाउले अमेरिकी सहायक विदेश मन्त्री क्रिस्टोफर हिलले हालै चीनको भ्रमण गरी चिनियाँ उप-परराष्ट्र मन्त्री एवम् छ-पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख वु ता वैसँग कोरियाली प्रायद्वीपको आणविक समस्याबारे विचार-विमर्श गर्नुभएको जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040