चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले इरान विरुद्ध गरिने कुनै पनि कारवाईबाट सम्बन्धित मुलुक र इरानबीचको सामान्य आर्थिक र ऊर्जा श्रोतको आदान-प्रदानजस्ता गतिविधिमाथि असर पर्नु नहुने विचार व्यक्त गर्नुभएको छ।
उहाँले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा अखिल चीन समुद्री पेट्रोल कम्पनी र इरानको उत्तरी तेल खेतबीचको सहयोगबारे पत्रकारको प्रश्नको उत्तर दिंदै उक्त कुरा बताउनुभएको हो।
चीनले इरानको आणविक समस्यामा उच्च महत्व दिइरहेको छ भन्दै प्रवक्ता लिउले यस समस्याको सन्दर्भमा चीनले अन्तर्राष्ट्रिय आणविक अविस्तार परिपाटीको संरक्षण गर्नुपर्ने अडान लिनुका साथै आणविक ऊर्जाको प्रयोग शान्तिपूर्ण ढंगले गर्ने अधिकार इरानको भएको ठहर पनि लिएको छ भन्नुभयो। हाल इरानले राष्ट्र संघीय सुरक्षा परिषदद्बारा गरिने नाकाबन्दीको सामना गर्नुपरेको अवस्थामा चीनले सुरक्षा परिषद्का विभिन्न सदस्य-मुलुकहरुसित मिलेर इरानको आणविक समस्यासम्बन्धी सुरक्षा परिषद्को निर्णय-प्रस्तावबारे घनिष्ठरुपमा छलफल गर्नलागिरहेको कुरा पनि प्रवक्ता लिउले बताउनुभयो।
|