china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका विभिन्न व्यक्तिहरुले आसन्न राष्ट्रिय जनकाँग्रेस तथा जनराजनीतिक परामर्शदात्री सम्मेलनको अधिवेशनको सफलताको शुभकामना दिनुभएको छ
    (GMT+08:00) 2008-02-29 18:18:27    
          आगामी मार्च 3 तारिखबाट सुरु हुने चिनियाँ राष्ट्रिय जनकाँग्रेस तथा 5 तारिखबाट सुरु हुने जनराजनीतिक परामर्शदात्री सम्मेलनको अधिवेशनको विभिन्न विद्बानहरुले सफलताको शुभकामना दिनुभएको छ।

          सि.आर.आई.सँग कुरा गर्दै नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराईले चिनियाँ राष्ट्रिय जनकाँग्रेस तथा जनराजनीतिक परामर्शदात्री सम्मेलनको अधिवेशको सफलताको कामना गर्दै नयाँ चीनलाई विश्वमै उदाहरणीय बनाउन नीति निर्माण गर्ने, ओलम्पिक खेललाई सफल बनाउन प्रभावकारी भूमिका खेल्ने तथा समाजवादी अर्थतन्त्रलाई चुस्त बनाउन यो अधिवेशन महत्वपूर्ण हुन सकोस भनी शुभकामना दिनुभयो ।

          त्यसैगरी नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष तथा सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका सल्लाहकार प्रकाशबाबु पौडेलले आफ्नो शुभकामनामा भन्नुभएको छ "नयाँ चीन स्थापना भएपछिको उच्च राजनीतिक संयन्त्रले चीनको समग्र विकासमा सफलता हासिल गरिरहेको परिप्रेक्ष्यमा यो संयुक्त अधिवेशनले चीनलाई नयाँ गतिमा डोर्याउने छ।" उहाँले चीनले तिब्बतको विकासमा प्राप्त गरेको उपलब्धी विश्वमै अनुकरणीय रहेको बताउँदै यो गति अझै बढोस भन्ने शुभकामना पनि दिनुभयो।

          त्यसैगरी गोरखापत्र संस्थानबाट प्रकाशित अंग्रेजी दैनिक पत्रिका द राइजिङ्ग नेपालका वरिष्ट सहसम्पादक अरुण रञ्जितले पनि दुवै अधिवेशनको सफलताको शुभकामना दिनुभएको छ। उहाँले यी अधिवेशनले चीनमा ताइवानको एकीकरणलाई थप मदत मिल्ने, तथा 29 औंओलम्पिक खेलको पूर्ण सफलताका लागि महत्वपूर्ण कदम चालिने कुराको आशा पनि प्रकट गर्नुभयो। गत वर्ष आफूले तिब्बतको भ्रमण गर्दा चीनले तिब्बती जनताको संस्कृति र पूर्वाधार विकासमा गरेको काम नेपालका लागि प्रेरणाको श्रोत भएको बताउनुभयो। विश्वकै अग्लो स्थानमा रेल कुदाउने चीनका उच्च राजनीतिक संयन्त्रका यी दुई अधिवेशनले चीनको आर्थिक तथा औंद्योगिक यात्राले फड्को मार्ने सफल होउन् भन्ने शुभकामना दिनुभएको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040