एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन तथा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो अधिवेशन आगामी मार्च पाँच तारिख तथा मार्च तीन तारिख पैचिङमा उद्घाटन हुने भएको छ। आज ती दुइ वटा अधिवेशनको प्रेस केन्द्रले विदेशी पत्रकारहरुलाई समाचार संकलनार्थ पास वितरण गर्न थालेको छ।
ती दुइ वटा अधिवेशनको प्रेस केन्द्र अन्तर्गत विदेशी पत्रकार टोलीका जिम्मेवार व्यक्तिका अनुसार, यस वर्ष ती दुइ वटा अधिवेशनलाई समाचार संकलनार्थ आवेदन गर्ने विदेशी पत्रकार गत वर्षभन्दा बढी छन, जसबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दुइ वटा अधिवेशनलाई अरु बढी चासो दिएको प्रतिबिम्बित भएको छ।
|