
राष्ट्रिय जन-कांग्रेसको अधिवेशनमा सहभागी हुने मध्य चीनको ह नान प्रान्तका प्रतिनिधि चढ्नुभएको रेल आज विहान सबेरै पैचिंग पुग्यो। उहाँहरु मार्च पाँच तारिखका दिन पैचिंगमा आयोजित हुने एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुमध्ये पैचिंगभन्दा बाहिरबाट आउनुभएका प्रथम खेपका प्रतिनिधिहरु बन्नुभएको छ।

त्यसपछि हे लोंग च्याँग, हू पै, च्याँग सु, हू नान, ची लिन र आन व्है आदि प्रान्तका प्रतिनिधिमण्डलहरु पनि एकपछि अर्को गरी पैचिंग आइपुगेका छन्।

थाहा भएअनुसार, राष्ट्रिय जन-कांग्रेसको यस पटकको अधिवेशनमा सहभागी प्रतिनिधिहरुको संख्या दुइ हजार नौ सय सतासी छ। हू चिन थाउ, ऊ पाँग को र वन च्या पाउ आदि नेतागण फरक निर्वाचन क्षेत्रमा एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिहरु निर्वाचित हुनुभयो।

यसका साथै, मार्च तीन तारिखका दिन शुरु हुने एघारौं चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलनको प्रथम अधिवेशनका प्रतिनिधिहरुको संख्या दुइ हजार दुइ सय छ।


|