china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनको तैयारी कार्य पूरा
    (GMT+08:00) 2008-03-02 20:14:28    

             चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनका प्रेस प्रवक्ता उ चेन मिनले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै छिदट्टै आयोजित हुनलागेको चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनका सम्बन्धित विषयबारे चिनियाँ तथा विदेशी पत्रकारद्बारा सोधिएका प्रश्नको जवाफ दिनुभयो। उहाँका अनुसार, हाल उक्त सम्मेलनका विभिन्न तैयारी कार्य पूरा हुनुका साथै निर्धारित समयअनुसार भोलि पैचिङ्गमा शुरु हुनेछ।

                 चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको महत्वपूर्ण संस्था हो जुन समाजवादी प्रजातन्त्रको प्रचार-प्रसार गरिने महत्वपूर्ण तरिका पनि हो। त्यस सम्मेलनले चीनको राजनैतिक जीवनमा नभईनहुने भूमिका निर्वाह गर्दछ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय समिति तथा स्थानीय समिति छन। भोलि शुरु हुनलागेको चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको वार्षिक सम्मेलन चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका लागि उच्च स्तरीय परामर्शको तरिका पनि हो।

                 चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको कार्यावधि पाँच वर्षको हुन्छ। हरेक वर्ष वार्षिक सम्मेलनको आयोजना गरिन्छ। यस वर्षको राजनैतिक परामर्शदात्री सम्मेलन एघार दिनसम्म चल्नेछ। त्यति बेला राजनैतिक परामर्शदात्री सम्मेलनका जम्मा दुइ हजार दुइ सयभन्दा बढी सदस्यहरुले पैचिङ्गमा भेला भएर देशका महत्वपूर्ण मामिलाहरुबारे छलफल गर्ने कार्यक्रम छ। ती सदस्यहरुमध्ये चिनियाँ कम्युनिष्ट पार्टी, विभिन्न प्रजातान्त्रिक पार्टी, गैर-पार्टी, जन-समुदाय तथा विभिन्न अल्पसंख्यक जातिका जम्मा चौंतीसवटा क्षेत्रका व्यक्तिहरु पनि समावेश छन। प्रवक्ता उ चेन मिनले भन्नुभयो:

                विभिन्न क्षेत्रका अधिकांश योग्य व्यक्तिहरु भेला हुनु नै चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको सबैभन्दा ठूलो विशेषता हो। त्यस सम्मेलनमा विभिन्न किसिमका श्रेष्ठ व्यक्तिहरु भेला हुन्छन। यस पटकको सम्मेलनमा विभिन्न पार्टी, विभिन्न जाति तथा विभिन्न क्षेत्रका अझ बढी प्रतिनिधि-व्यक्तिहरुलाई आकर्षित गरिएको छ।

                 यसबाहेक, यस पटकको सम्मेलनमा सहभागी हुने राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुमध्ये आधाभन्दा बढी नयाँ सदस्यहरु हुन। तिनिहरुको बनौट पनि अझ उपयुक्त रहेको देखिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यको हैसियत नपाएका सदस्यहरुको कूल संख्या साट्ठी प्रतिशतभन्दा बढी पुगेको छ। तीमध्ये महिला सदस्यहरुको संख्याले सत्र दशम्लब सात प्रतिशत स्थान ओगटेको छ जुन संख्या गएको राजैतिक परामर्शदात्री सम्मेलनको तुलनामा दश प्रतिशतले बढी हो।

                 श्री उ चेन मिनले आजै आयोजित पत्रकार सम्मेलनमा यस पटकको सम्मेलनको मुख्य विषयबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, ती विषयमा चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको कार्य-प्रतिवेदनको सुनुवाई तथा लेखाजोखा गर्नु, यसै महिनाको पाँच तारिखका दिन शुरु हुने चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलनमा सहभागी भएर सरकारी कार्य-प्रतिवेदनमाथि छलफल गर्नु र चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलनमा सम्पन्न राजनैतिक प्रस्ताव तथा प्रतिवेदनको लेखाजोखा गर्नु आदि पनि समावेश छन।

                 प्रस्ताव प्रस्तुत गर्नु राष्ट्रिय परामर्शदात्री सम्मेलनका सदस्यले आफ्नो राजनैतिक कर्तव्य वहन गर्ने एक किसिमको महत्वपूर्ण तरिका हो। प्रवक्ता उ चेन मिनका अनुसार, हालसम्म सदस्यहरुले सम्मेलनको सचिवालयसमक्ष जम्मा तीन सय थानभन्दा बढी प्रस्ताव प्रस्तुत गरिसकेका छन। ती प्रस्तावबाट हेर्दा राष्ट्रिय मामिला तथा जनताको हित-कल्याणसम्बन्धी विषय ती सदस्यहरुको साझा चासोका विषय नै हुन। प्रवक्ता उ भन्नुहुन्छ:

                 पहिलो विषय, सुधार तथा विकाससम्बन्धी महत्वपूर्ण समस्याहरु हुन। जस्तै: आर्थिक सामञ्जस्य, सरकारी संस्थाको सुधार, बैकिङ्ग व्यवस्थाको सुधार, मौसम परिवर्तन तथा वातावरणीय संरक्षण आदि हुन। अर्को विषय, सर्वसाधारणको हित-कल्याण र जीवनसँग घनिष्ट सम्बन्ध रहेका समस्याहरु हुन। जस्तै: माल-सामानको मूल्यलाई स्थिर पार्नु, रोजगार विस्तार गर्नु, आबास क्षेत्र तथा सामाजिक प्रत्याभूतिजस्ता समस्या, शिक्षा, स्वास्थ्य तथा खेलकुद आदि विषय पनि समावेश छन।

                 प्राप्त जानकारीअनुसार, सफलताका साथ विशेषतायु्क्त र उच्च स्तरीय ओलम्पिक खेलकुदको आयोजना गर्नु पनि सदस्यहरुको साझा चासोका विषयहरुमध्येको एक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040