china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राजु
    (GMT+08:00) 2008-03-03 16:34:24    

                  चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको अधिवेशन हिजो शुरु भयो। भोली चिनियाँ राष्ट्रिय जन-कांग्रेसको अधिवेशन पनि शुरु हुने कार्यक्रम छ। हिजोको अधिवेशनमा पनि विज्ञान र शिक्षाको विकासमार्फत देशको पुनरुत्थान भन्ने भनाइ सुन्नपाइएको छ। त्यसबाट वर्तमान सरकारले विज्ञान र शिक्षामार्फत देशको पुनरुत्थानसम्बन्धी कार्यमा अति महत्वपूर्ण ध्यान दिएको अनुभव मलाई भएको छ।

                 यसअघि प्रकाशित एउटा समाचारमा पनि मैले यसबारेको भावना अभिव्यक्त भएको पाएको छु। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत प्रचार-प्रसार विभाग, चिनियाँ अर्थ मन्त्रालय, संस्कृति मन्त्रालय र राष्ट्रिय पुरातात्त्विक-सांस्कृतिक वस्तु ब्यूरोले संयुक्तरुपमा "चीनभरि संग्रहालय र स्मृति भवन निःशुल्क हुनेसम्बन्धी सूचना" हालै सार्वजनिक गरेका छन। उक्त सूचनाका अनुसार, चीनका विभिन्न तहका सांस्कृतिक र पूरातात्विक-सांस्कृतिक वस्तु विभागको मातहतमा रहेका साझा संग्रहालय, स्मृति भवन, देशभक्ति सम्बन्धी शिक्षा प्रदान गर्ने राष्ट्रिय आदर्श अखडा निःशुल्क हुनेछन। सम्बन्धित विभागले हाल यस कार्यलाई छिटोभन्दा छिटो एकैसाथ व्यवहारमा उतार्नका लागि योजनाको तर्जुमा गर्दैछन। त्यसको व्यवहारिकता तथा संग्रहालय र स्मृति भवन निःशुल्क रुपमा खुला गर्नका लागि केन्द्रीय सरकारले कति पैसा छुट्याउनुपर्ने भन्नेबारे हाल चिनियाँ अर्थ मन्त्रालयले लेखाजोखा गर्दैछ। यसलाई अनुमोदनका लागि चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको वर्तमान अधिवेशनसमक्ष पेश गरिनेछ। अनुमोदनपछि त्यसलाई तत्काल व्यवहारमा उतारिने छ। यसरी नै चीनका लगभग पाँच सयवटा संग्रहालय र स्मृति भवन यस वर्षदेखि निःशुल्क हुने दिन अब धेरै टाढा छैन।

                  एकैसाथ निःशुल्क खुला हुने संग्रहालय र स्मृति भवनहरुको संख्याको दृष्टिबाट हेर्दा यो कारवाही विश्वमा विरलै देखिने कारवाई हो। यसप्रति बढी रुची भएको म जस्तो मानिसका लागि यो कति राम्रो खबर हो है। यसरी एकातिर मानिसहरुलाई आफ्नो कामको आवश्यकतानुसार सम्बन्धित सामग्री संकलन गर्न सजिलो हुनेछ भने, अर्कातिर तीनीहरु फुर्सतको बेलामा ती ठाउँहरुमा गएर आफ्नो उत्सुकतालाई मेटाउनासक्ने छन। यसबाट सम्पूर्ण देशबासीहरुको गुणस्तरलाई उकासिनुका साथै हाम्रो अतिरिक्त समयलाई पनि विविध तुल्याइने छ, र अन्तमा विज्ञान तथा शिक्षामार्फत देशको पुनरुत्थान गर्ने लक्ष्य साकार हुनेछ। हाम्रा चिनियाँ जनताका लागि यो साँच्चिकै राम्रो खबर हो। उक्त नियम छिटोभन्दा छिटो लागू हुनसक्ने आशा मैले पनि गरेको छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040