
चीनमा एउटा उखान छः वसन्त ऋतुमा पूरै वर्षका लागि योजना तय गर्नुपर्छ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशनको आयोजना हरेक वर्षको वसन्त ऋतु अर्थात मार्च महिनामा गरिन्छ। त्यसैले हरेक वर्षको मार्च महिनामा हामी ज्यादै व्यस्त हुन्छौं।
पहिले विद्यालयमा पढ्दा मैले चीनका यी दुइवटा महत्वपूर्ण अधिवेशनमा त्यति ध्यान दिनेगरेकी थिइन। हाम्रो रेडियोमा काम गर्न थालेपछि यसमा म दिन प्रतिदिन बढी महत्व दिंदैआएकी छु। यी दुइवटा अधिवेशनबाट आगामी दिनहरुमा चीनका विभिन्न क्षेत्रको विकासबारे निर्देशन दिइन्छ। हाम्रा श्रोताहरुले पनि यसलाई ठूलो महत्वका साथ हेरेका छन।
चीनमा हुने विभिन्न घटनाहरुका बारेमा हाम्रा श्रोताहरुले सधैं नै हामीलाई प्रतिक्रिया पठाउने गर्नुभएको छ। हाल हामीले हरेक दिनको समाचारमा "म नेपालमा सुनिरहेको छु" शिर्षकको श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेका छौं। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशनका क्रममा हामीले यस्तो कार्यक्रमको आयोजना गरेको यो तेस्रो पटक हो। कार्यक्रममा हामीले यी दुइवटा अधिवेशनबारे हाम्रा श्रोताद्बारा इ-मेल वा पत्रमार्फत पठाइएको प्रतिक्रिया प्रसारण गरेका छौं। हरेक वर्ष हामीले श्रोताहरुले पठाएका थुप्रै यस्ता पत्र वा इ-मेल पाउनेगरेका छौं। तर कार्यक्रममा समय अभावका कारण ती सबै पत्र वा इ-मेल हामीले समाचारमा पढ्न सकेनौं। हाम्रा प्यारा श्रोताहरुलाई निराश नपार्ने उद्देश्यले हामीले ती इ-मेल वा पत्र हाम्रो वेभ-साइट र मितेरी पुल त्रैमासिक पत्रिकामा पनि छाप्नेगरेका छौं। विगत केही वर्षदेखि यता हाम्रो वेभ-साइट र मितेरी पुललाई मन पराउने श्रोताहरुको संख्या पनि दिन प्रतिदिन बढ्दैआएको छ।
आगामी अगष्ट महिनामा विश्वको ध्यान पैचिङ्गमा केन्द्रित हुनेभएको छ। यस कुराबारे सोच्दा म अहिले पनि ज्यादै खुशी छु। किनभने म खेलकुद प्रेमी हुँ। पहिले अन्य मुलुकमा ओलम्पिक खेलकुदको आयोजना हुँदा मैले सधैं नै टेलिभिजनबाट टेबल-टेनिस आदि मैले मन पराउने प्रतियोगिता हेर्नेगरेकी छु। यस पाली मैले प्रतियोगिता स्थलमै पुगेर प्रत्यक्षरुपमा प्रतियोगिता हेर्नपाउने छु। कति रमाइलो कुरो है। यस पटकका यी दुइवटा अधिवेशनले पैचिङ्ग ओलम्पिक खेलकुदका लागि अझ राम्रो वातावरण तथा अझ सुविधायुक्त वातावरणको सिर्जनाका लागि केही निर्देशक नीति तय गरिने मेरो विश्वास छ।
यी दुइवटा अधिवेशन र अगष्ट महिनामा आयोजना हुने पैचिङ्ग ओलम्पिक खेलकुदको सफलताका लागि मेरो हार्दिक शुभकामना छ!
|