चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन हिजोदेखि पैचिङ्गमा शुरु भएको छ। विगत केही दिनदेखि यता हामीले यस अधिवेशनको सफलताको कामना गर्दै पठाइएका थुप्रै श्रोताका पत्र र इ-मेल पाइरहेका छौं। यसैबीच बेलायतमा बसोबास गरिरहनुभएका श्रोता विष्णुवावु र उषाले हामीलाई इ-मेल पठाएर शुभेच्छा व्यक्त गर्नुभएको छ।
उहाँले आफ्नो इ-मेलमा-म चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको एघारौं अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। चीनको यस सर्वोच्च सल्लाहकार अङ्गले चीनका झण्डै एक अर्ब चालिस करोड जनताका प्रतिनिधिहरुसँगै पैचिङमा भेला भएर चिनियाँ जनताको जीवनस्तर उकास्नका लागि, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थाका साथै जनताको चौतर्फी विकासका लागि नयाँ विचारहरुको प्रतिपादन गर्नेछ, अनि आमूल परिवर्तनका माध्यमबाट मुलुकलाई अरु उचाइमा पुर्याउनका लागि आफ्ना नीतिहरुको सिंहावलोकन गर्नेछ। मलाई आशा छ, यी सम्मेलनले मौसम परिवर्तन, आतङ्कबाद, नरसंहार र अन्य यस्ता कतिपय विश्व-चासोका महत्वपूर्ण समस्याहरुमा पनि त्यत्तिकै ध्यान दिनेछन भन्ने कुरा उल्लेख गर्नुभएको छ।
|