
चीनको सर्वोच्च आधिकारिक अंग- चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक नियमित सम्मेलन पाँच तारिख विहान पैचिंगमा शुरु हुनेछ। यो नयाँ कार्यकालको चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो वार्षिक सम्मेलन हो।

नयाँ कार्यकालको चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिहरुको संख्या दुई हजार नौ सय सतासी छ। साढे तेह्र दिनसम्म चल्ने उक्त सम्मेलनका अवधिमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन, चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको कार्य-प्रतिवेदन, सर्वोच्च अदालत र सर्वोच्च जन-महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदनको लेखाजोखा गर्नेछन। यसका अतिरिक्त, उक्त सम्मेनमा राज्य परिषदका अंग-संस्थाहरुको सुधारसम्बन्धी मसौदा-प्रस्तावमाथि पनि छलफल गरिनेछ। यसका साथै, नयाँ कार्यावधिको चिनियाँ रा्ष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवका साथै राष्ट्राध्यक्ष, उप-राष्ट्राध्यक्षको निर्वाचन गर्नुका साथै प्रधानमन्त्रीको चयन अनि उप-प्रधान मन्त्री, राज्य परिषदका सदस्य, विभिन्न मन्त्रालयका मन्त्री, विभिन्न परिषदका महा-निर्देशक, चिनियाँ जन-बैंकका गभर्नर, महा लेखापाल, महा-सचिव पनि निर्धारण गरिनेछ। यस बाहेक, केन्द्रीय सैनिक आयोगका अध्यक्षको निर्वाचन गर्नुका साथै त्यसका उपाध्यक्ष, सदस्यको निर्धारण पनि गरिनेछ। त्यस क्रममा सर्वोच्च जन-अदालत र सर्वोच्च महा-न्याधिवक्ताको कार्यालयका प्रमुखको निर्वाचन पनि गरिनेछ।

त्यस सम्मेलनमा चीनको परराष्ट्र नीति र परराष्ट्र सम्बन्ध, आर्थिक र सामाजिक विकास र समष्टिगत साममन्जस्यका समस्या, वातावरण र ऊर्जाको समस्या, ऊर्जाको किफायत र प्रदूषित वस्तुको निकासलाई कम पार्नु, रोजगारी र सामाजिक प्रत्याभूति जस्ता समस्याबारे पत्रकारव्दारा सोधिएका प्रश्नहरुको जवाफ दिइनेछ।
|