china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन कांग्रेसको नियमित वार्षिक सम्मेलन शुरु हुने
    (GMT+08:00) 2008-03-04 18:42:26    

          चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक अंग- चिनियाँ जन कांग्रेसको नियमित वार्षिक सम्मेलन पाँच तारिखका दिन पैचिंगमा शुरु हुने भएको छ । उक्त सम्मेलनका प्रवक्ता श्री च्यांग अन चुले चार तारिखका दिन पैचिंगमा बोल्दै अहिले सम्मेलनका विभिन्न चांजोपांजो मिलाउने काम पूरा भएको छ । अब सुन्नुहोस एक विवरण ।  

          तीन तारिख विहान , चिनियाँ राष्ट्रिय जन कांग्रेसको नियमित वार्षिक सम्मेलनमा सहभागी हुने भित्री मंगोलियाका प्रमतिनिधिहरु रेलव्दारा पैचिंग आइपुगेका छन् । त्यसै गरी नयां कार्यावधिका चिनियाँ राष्ट्रिय जन कांग्रेसका लगभग तीन हजार प्रतिनिधिहरु पूराका पूरा पैचिंग आइसकेका छन् ।

          श्री च्यांग अन चुले भन्नुभयोः

          यस पल्टको सम्मेलन भोलि विहान शुरु हुने भएको छ । अठार तारिख विहान सम्पन्न हुने भएको छ यस समय तालिकालाई हेर्दा साँढे-तेह्र दिन लाग्नेछ । अतः अहिले सम्मेलनको चांजोपांजो मिलाउने काम पूरा भैसकेको छ ।

            चिनियाँ राष्ट्रिय जन कांग्रेस भन्नाले चिनियाँ जनताले राष्ट्रिय अधिकारको प्रयोग गर्ने सर्वोच्च आधिकारिक अंग हो । त्यसको काम- कर्तव्य भनेको संविधानको संशोधन गर्नु र संविधानलाई कार्यान्वयन गर्ने कामको निगरानी गर्नु । महत्वपूर्ण कानून तय गर्नुका साथै संशोधन गर्नु। सरकार र सर्वोच्च जन अदालत , सर्वोच्च महा न्यायाधिवक्ताको कार्यालयका कामको अनुगमन गर्नु , मुलुकका पूरा परिस्थितिसित सम्बन्धीत समस्याको समाधान गर्नु , राष्ट्रका नेतागणको चुनार र मनोनित गर्नु । सम्मेलन बन्द भएको समयमा चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी अंग- चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिले राष्ट्रको सर्वोच्च अधिकारको प्रयोग गर्नु हो । चिनियाँ राष्ट्रिय जन कांग्रेसको गठन त्यसका प्रतिनिधिहरुव्दारा गठित भएको हो । उनीहरुले सामूहिक रुपमा राष्ट्रको सर्वोच्च अधिकारको प्रयोग गर्छन् । ती प्रतिनिधहरुलाई प्रजातान्त्रिक परिपाटी अनुसार निर्वाचन गरिएको हो । उनीहरु चीनका विभिन्न क्षेत्र , विभिन्न पेशागत व्यवसाय र विभिन्न जातिका हुन् । उनीहरुको कार्यावधि पाँच वर्षको हुनेछ । कानून अनुसार मसौदा प्रस्ताव पेश गर्नु नै ती प्रतिनिधिहरुको एक महत्वपूर्ण काम हो र उनीहरुको एक महत्वपूर्ण अधिकार पनि ।

             श्री च्यांग अन चुले भन्नुभयोः

             पाँच वर्षभित्र प्रतिनिधिहरुले तीन हजार सात सय वटा मसौदा प्रस्ताव र तीस हजार भन्दा बढी सुझाव पेश गरेका छन् । ती मध्ये कानून सम्बन्धी केही मसौदा प्रस्तावलाई कानूनका रुपमा राखिएको छ वा ती अनुसार सम्बन्धीत कानूनलाई संशोधन गरिएको छ । छ सय जना प्रतिनिधिहरुले त्यसको स्थायी समितिको बैठकमा सहभागी भएका छन् भने एक हजार सात सयभन्दा बढी मानिसहरु कानून कार्यान्वयनको निरिक्षण र कानून तय गर्न अनुसन्धान कार्यमा सहभागी भएका छन् । ती क्रियाकलाप मार्फत प्रतिनिधिहरुको काम गर्ने क्षमता बढाइएको छ । राष्ट्र संचालन गर्ने कार्यमा सहभागी हुने प्रतिनिधिहरुको भूमिकालाई यथेष्ट रुपमा परिचालन गरिएको छ ।

            चिनियाँ राष्ट्रिय जन कांग्रेसले हरेक वर्ष एक नियमित वार्षिक सम्मेलनको आयोजना गर्ने गर्छ । यस वर्ष कार्यावधि परिवर्तन हुने वर्ष हो । यस सम्मेलनलाई विभिन्न पक्षले निकै चासो देखाएको छ । यस वर्षको सम्मेलनको कार्यसूचि बारे चर्चा गर्दा श्री च्यांग अन चुले भन्नुभयोः  

           यस सम्मेलनको सोह्र वटा कार्यसूचि छन् । त्यसमा सरकारी कार्य प्रतिवेदन बारे लेखाजोखा र छलफल गर्नु । राज्य परिषदका अंग एवम् संस्थाहरुको सुधार सम्बन्धी मसौदा प्रस्ताव बारे छलफल गर्नु , राष्ट्राध्यक्षको निर्वाचन गर्नु तथा प्रधान मन्त्रीलाई मनोनय गर्नु ।

            ती प्रतिनिधिहरुले योजना प्रतिवेदन , बजेट प्रतिवेदन , त्यसको स्थायी समितिको कार्य प्रतिवेदन , सर्वोच्च जन अदालतको कार्य प्रतिवेदन , सर्वोच्च महा न्यायाधिवक्ताको कार्यालयको कार्य प्रतिवेदन बारे छलफल र लेखाजोखा गर्नेछन् । यसका अतिरिक्त त्यस सम्मेलनले नयां कार्यकालको जन कांग्रेसको स्थायी समितिका अध्यक्ष , उपाध्यक्षको निर्वाचन गर्नेछ । यस बाहेक त्यस सम्मेलनमा राज्य परिषदका उप प्रधान मन्त्रि , राज्य परिषदका सदस्य , विभिन्न मन्त्रालयका मन्त्री , विभिन्न परिषदका प्रमुख , चिनियां जन बैंकका गभर्नर , महा लेखापाल तथा महा सचिवको मनोनय गरिनेछ । त्यस अवसरमा केन्द्रिय सैनिक आयोगका अध्यक्षको निर्वाचन गर्नुका साथै त्यसका उपाध्यक्ष र सदस्यहरु मनोनय गरिनेछ । सो अवसरमा सर्वोच्च अदालत र सर्वोच्च महा न्यायाधिवक्ताको कार्यालयका प्रमुखको निर्वाचन पनि गरिनेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040