चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिङ्ग काङ्गले आज पैचिङ्गमा श्री दमित्री मेदवेजेवको नेतृत्वमा रुसले विकासलाई तिब्र पर्दै अझ ठूलो उपलब्ध हासिल गर्ने छ र विश्व शान्ति एवम् संयुक्त विकासका कुरालाई सुदृढ गर्ने क्षेत्रमा रुसको अझ धेरै योग्दान हुनेछ भन्ने विषयमा चीनले विश्वास गरेको कुरा व्यक्त गर्नुभयो।
श्री छिङ्गले चीनका राष्ट्राध्यक्ष हु चिङ्ग थाउले हिजो राति श्री दमित्री मेदवेजेवलाई फोनमार्फत शुभकामनाका साथै बधाइ पनि व्यक्तगर्नुभएको कुरा बताउनुभयो।
यसका अतिरिक्त श्री छिङ्गले रुससँगसँगै मिलेर "चीन र रुस बीचको मैत्रिपूर्ण सहयोगात्मक संधि"बाट निर्धारित सिद्धान्तलाई कायम राखेर दुइ मुलुक बीचको रणनैतिक साझेदारी सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन चीन इच्छुक रहेको कुरा व्यक्त गर्नुभयो।
|