चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले इरानको आणविक समस्याबारे एक आठ सुन्ना तीन नम्बरको निर्णय-प्रस्तावलाई पारित गरेको बताउँदै त्यस निर्णय-प्रस्तावको निष्ठापूर्ण र सम्पूर्ण रुपमा कार्यान्वयन गर्नसक्ने आशा चीनले गरेको कुरा बताउनुभयो।
श्री छिन काङ्गका अनुसार, सुरक्षा परिषदले उक्त निर्णय-प्रस्तावलाई पारित गर्नुको उद्देश्य इरानलाई दण्ड-सजाई दिइनु होइन, बरु सम्झौता-वार्तालाई पुन:शुरु गर्नु र नयाँ चरणको कूटनैतिक प्रयासको आरम्भ गर्नु हो। इरानले अन्तर्राष्ट्रिय समुदायको ख्याल-विचारको निष्ठापूर्वक व्यवहार गर्नसक्ने आशा पनि चीनले गरेको छ।
चीन लगायत अन्य मुलुक तथा इरान बीचको आर्थिक र ब्यापारिक आवत-जावत वास्तवमा सार्वभौमिक मुलुकहरु बीचको सामान्य ब्यापारिक आवत-जावत भएकाले इरानको आणविक योजनासँग कुनै सम्बन्ध नरहेको कुरा पनि प्रवक्ता छिन काङ्गले औंल्याउनुभयो।
|