चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज नियमित पत्रकार सम्मेलनमा सम्बन्धित प्रश्नको जवाफ दिंदा चीन र अमेरिका बीचको सैन्य हट लाईन सुरु हुने विषयबारे दुइ पक्षका बीच सर-सल्लाह भइरहेको कुरा बताउनुभयो ।
छिंग कांगका अनुसार चीन र अमेरिकाले सीधा र सुरक्षित टेलिफोन लाईनको निर्माण गर्न सहमति जनाएका छन् । यो नै दुइ पक्षले राजनैतिक र सैनिक पारस्परिक विश्वासलाई बढाउने र आदान प्रदान तथा सहयोगलाई मजबूत पार्ने यौटा नयां कदम हो ।
गत फेब्रुअरी उनन्तीस तारीखका दिन चीन र अमेरिका बीच "सीधा र सुरक्षित टेलिफोन लाइनको निर्माणबारे जन गणतन्त्र चीनको प्रतिरक्षा मन्त्रालय र संयुक्त राज्य अमेरिकाको प्रतिरक्षा बीचको सम्झौता"औपचारिक रुपमा सम्पन्न भएको छ ।
|