चीनका प्रधानमन्त्री वन् च्या पाउले आज पैचिंगमा बोल्दै समष्टिगत नियन्त्रण र सामन्जस्यको महत्व , तीव्रता र वेगलाई राम्ररी पकड्नुपर्ने र अर्थतन्त्रलाई राम्ररी र द्रुत गतिले विकसित पार्नु पर्ने कुरा बताउनुभयो ।
चीनको राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं महाधिवेशनमा सहभागी सदस्यहरुसित भेटघाट गर्दा वन् च्या पाउले उक्त कुरा बताउनुभएको हो ।
आजै उ पांग को , च्या छिंग लिन् , लि छांग छुन् , सी चिन् फिंग , लि ख छ्यांग , ह को छ्यांग , चौ युन् खांग आदि नेताले पनि चीनको राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं महाधिवेशनमा सहभागी सदस्यहरुसित भेटघाट गर्नुभयो ।
|