चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङ्गमा बोल्दै थाइवान जल डमरुका दुइ किनारा बीचको सम्बन्धमा शान्तिपूर्ण विकास हुने मुख्य लक्ष्य बमोजिम दुइ किनाराका देशबन्धुहरुका लागि समृद्धिको सिर्जना गर्नुपर्ने, त्यस क्षेत्रको शान्तिलाई साकार तुल्याउनुपर्ने, देशको सार्वभौमिकता र भूखण्डको अक्षणुताको संरक्षण गर्नुपर्ने र चीन राष्ट्रको मूलभूत हितको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।
उहाँले आजै दिउँसो चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो अधिवेशनमा सहभागी भएका चीनको को मिन ताङ्ग पार्टीको क्रान्तिकारी परिषद, थाइवानको प्रजातान्त्रिक स्वतन्त्र समुदाय र अखिल चीनका थाइवानेली देशबन्धुको सम्पर्क दलका सदस्यहरुसँग भेटघाट गर्दा उक्त कुरा बताउनुभएको हो।
|