china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो नियमित वार्षिक सम्मेलन शुरु
    (GMT+08:00) 2008-03-05 12:46:16    

           चीनको सर्वोच्च आधिकारिक अंग– चिनियाँ राष्ट्रिय जन-कांग्रेसको नियमित वार्षिक सम्मेलन आज विहान पैचिंगमा शुरु भयो। यो सम्मेलन एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो सम्मेलन हो। प्रधान मन्त्री वन च्या पाउले कार्यकाल सम्पन्न हुनलागेको यस पल्टको केन्द्रीय सरकारका तर्फबाट चिनियाँ राष्ट्रिय जनकांग्रेसका लगभग तीन हजार प्रतिनिधि समक्ष सरकारको कार्य-प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष चीनको आर्थिक वृद्धि दर आठ प्रतिशत तोक्न प्रस्ताव गर्नुभयो।

             सो अवसरमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, उ पांग को, च्या छिंग लिन, लि छांग छुन, शि चिन फिंग, लि ख छिंग, ह को छिंग, चाउ युंग खांग आदि पार्टी र राष्ट्रका नेतागणको उपसथिति थियो। चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पांग कोले सम्मेलनको अध्यक्षता गर्नुभयो।

              सो अवसरमा बोल्दै प्रधानमन्त्री वन च्या पाउले भन्नुभयोः यस सरकारको पाँच वर्षे कार्यकालमा चीनको गार्हस्थ उत्पादनमा सरदर प्रतिवर्ष 10.6%ले वृद्धि भएको छ। गत वर्षसम्म चीनको गार्हस्थ तथा आयात र निर्यातको कूल परिमाण विश्वको चौथ र तेस्रो स्थानमा परेका छन। शासन संचालनको अनुभवको लेखाजोखा गरेपछि श्री वन च्या पाउले भन्नुभयोः यस वर्ष चीनले स्थायी र स्वस्थ बित्तीय नीति र कडा मौद्रिक नीति कार्यान्वयन गर्दै स्वाधीन र आत्मनिर्भर शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्वन गर्दैजाने प्रस्ताव गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040