एघारौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो सम्मेलन आज मार्च पाँच तारिख विहान पैचिंगमा उद्घाटित भयो। जन-दैनिक समाचार पत्रले आज [जनताको प्रतिक्षाअनुकुल र जनताले सुम्पिएको दायित्व वहन] शीर्षकमा एक सम्पादकिय-खेल प्रकाशित गर्दै सम्मेलन उद्घाटन भएकोमा हार्दिकता अभिवादन गरेको छ।
उक्त सम्पादकीय लेखमा भनिएको छः चीनका विभिन्न क्षेत्र र विभिन्न पेशागत व्यवसायका जन-कांग्रेसका लगभग तीन हजार प्रतिनितिहरुले जनताको इच्छाअनुरुप राष्ट्रका कार्य र परियोजनाबारे छलफल गर्नुका साथै विकासबारे कुरा गर्दै राष्ट्रको अधिकारको प्रयोग गरेका छन। यो चीनका विभिन्न जातिका जनताको राजनीतिक जीवनमा एक महत्वपूर्ण कुरा हो।
उक्त सम्पादकीय-लेखमा भनिएको छः उक्त सम्मेलनमा सरकारी कार्य-प्रतिवेदन, चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको कार्य-प्रतिवेदन तथा सर्वोच्च जन-अदालत, सर्वोच्च जन-महान्यायाधिवक्ताको कार्यालयको कार्य-प्रतिवेदन आदि विभिन्न प्रतिवेदन सुनाउनुका साथै छलफल र लेखाजोखा पनि गरिनेछ। यसका अतिरिक्त, राष्ट्रिय आर्थिक र सामाजिक विकास योजना, बित्तीय बजेटको लेखाजोखापछि अनुमोदन पनि गरिनेछ। राज्य परिषदका अंगहरुको सुधारसम्बन्धी मसौदा-प्रस्तावमाथि पनि छलफल गरिनेछ। त्यस सम्मेलनमा राष्ट्रका विभिन्न अंगका नयाँ कार्यकालका नेताहरुको चुनाव र मनोनयन गरिनेछ।
|