china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हिजो शुरु भएको चिनियाँ राष्ट्रिय जन कांग्रेसको अधिवेशनको सफलताका लागि नेपालका विभिन्न नेताहरुले शुभकामना दिनुभएको छ।
    (GMT+08:00) 2008-03-05 19:57:42    

         हिजो सुरु भएको चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशको सफलताका लागि नेपालका विभिन्न नेताहरुले शुभकामना दिनुभएको छ हिजो मार्च तीनबाट सुरु भएको चिनियाँ राष्ट्रिय जनकंग्रेस तथा भोलि मार्च 5 तारिखबाट सुरुहुने चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलनको अधिवेशका लागि विभिन्न व्यक्तिहरुले शुभकामना दिनुभएको छ । शुभकामना दिने क्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले नयाँ चीनका प्रमुख राजनीतिक संयन्त्रको अधिवेश दुरगामी प्रभाव पार्ने खालका हुनेछन्‍ भन्नुभएको छ । सि.आर.आई.सँग कुरा गर्दै नेता प्रचण्डले भन्नुभयो चीनले जति धेरै प्रगति गरौं नेपाललाई त्यति फाइदा पुग्छ । छिमेकी राष्ट भएको हुनाले दुवैले एकअर्कामा सहयोगी भूमिका निर्वाह गर्दै आएका छन्‍ ।

             त्यसैगरी सूचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महराले दुवै अधिवेशको भव्य सफलताको कामना गर्नुभएको छ । मन्त्री महराले एक चीनको नीतिलाई नेपालले बिना सर्त स्वीकार गरेको दोहोर्‍याउँदै यो अधिवेशले ताइवानलाई चीनको मुख्यभूमिका फर्काउनका लागि प्रभावकारी भूमिका खेल्ने आफूले आशा गरेको बताउनुभयो । यसैबीच नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज चीन फर्किएको छ । चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री ह याफेइले नेतृत्व गर्नुभएको नौ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल गत दुई तारिख काठमाडौँ आएको थियो । भ्रमणका अवसरमा उपमन्त्री याफेइको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, विभिन्न नेताहरु तथा प्रधानसेनापतिसँग भेट गरेको थियो । नेपाल र चीनको परराष्ट मन्त्रालयको परामर्श संयन्त्रको सातौँ बैठकमा भाग लिनका लागि याफेइले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँ आएको थियो । त्यसैगरी चिनियाँ मैत्री संघको निमन्त्रणामा एक साताको चीन भ्रमण गर्नका लागि नेपालका चारवटा संस्थाका प्रतिनिधिहरु हिजो चीन प्रस्थान गर्नुभएको छ । अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहको नेतृत्वमा नेपाल चाइना प्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेल, नेपाल चीन प्रतिष्ठान र नेपाल चीन मैत्री समाजका अध्यक्षहरु हुनुहुन्छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.
    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040