यस वर्ष चीनले आर्थिक वृद्धिको गति अलि छिटोबाट एकदमै तातो बन्न नदिने र मूल्य माथि उठ्ने कुराबाट मुद्रास्फिति बन्न नदिने कुरालाई दृष्टिगत गरी सामञ्जस्यको सबैभन्दा महत्वपूर्ण कार्यभार बनाउने भएको छ। यस वर्ष चीनको आर्थिक वृद्धि दर आठ प्रतिशतले बढी हुने अनुमान गरिएको छ।
चीनका प्रधानमन्त्री वन च्या पाउले आजै आयोजित नयाँ राष्ट्रिय काँग्रेसको पहिलो वार्षिक अधिवेशनमा सरकारी कार्यकारी प्रतिवेदन पेश गर्दै उक्त कुरा औंल्याउनुभएको हो।
आर्थिक तथा सामाजिक विकासको लक्ष्य तथा कार्यभारलाई साकार तुल्याउनका लागि वर्तमान आर्थिक विकासको तरिकामा परिवर्तन गर्ने क्रमलाई शिघ्र पार्नुका साथै जनताको जीवन-यापनमा सुधार गर्ने क्रमलाई पनि छिटो पार्नुपर्ने कुरा प्रधानमन्त्री वन च्या पाउले औंल्याउनुभएको छ।
|