चीनको एघारौं राष्ट्रिय जन कांग्रेसको पहिलो सम्मेलन र जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलन बेग्ला बेग्लै गरी पांच तारीख र तीन तारीखका दिन पैचिंगमा सुरु भएका छन् । यसबारे विश्वका सञ्चार माध्यमहरुले उच्च मुल्यङ्कन गरेका छन् ।
सिंगापूरको "ल्येन् ह चाउ पाउ"समाचार पत्रका अनुसार चीनले पांच वर्षको समयभित्र सरकारको कार्य क्षमतालाई परिवर्तन गर्नु पर्ने र सरकारको विभागको सुधारलाई गहिरो पार्नु पर्नेछ जसबाट प्रशासनिक व्यवस्थापन व्यवस्थाको सुधारको लक्ष्यलाई साकार तुल्याउनका लागि दृढ आधार तयार पार्न सकियोस् ।
पाकिस्तानको एसोसिएट प्रेसले पनि तीन तारीखदेखि चीनको जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको सम्मेलनबारे समसायिक रुपमा लेख तथा समाचारहरु प्रकाशन गरेको छ ।
|