चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङ्गमा बोल्दै निरन्तर रुपमा विचारधाराको शसक्ति र सुधार तथा खुल्लापनलाई कायम राख्ने सम्बन्धमा अझ ठूलो पाइला हिंड्नुका साथै वैज्ञानिक विकास र समाजको मेलमिलापलाई घच्घच्याउने क्रममा अझ ठूलो उपलब्धि प्राप्त गर्दैजाने कुरा औंल्याउनुभयो।
राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन आजै पैचिङ्गमा शुरु भएको छ। राष्ट्रिय जन काँग्रेसका एकजना सदस्यको हैसियतले श्री हु चिन थाउले च्याङ्ग सु प्रान्तीय प्रतिनिधि मण्डलका साथै प्रधानमन्त्री वन च्या पाउद्बारा पेश गरिएको सरकारी प्रतिवेदनको लेखाजोखा सम्मेलनमा पनि भाग लिनुभयो।
श्री हुले सरकारी कार्य प्रतिवेदनको सराहना गर्नुका साथै भविष्यमा वैज्ञानिक विकास हुने उपयुक्त व्यवस्था तथा वातावरणको सिर्जना गर्दैजाने कुरा पनि बताउनुभएको छ।
|