चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङ्गमा बोल्दै निरन्तर रुपमा विचारधाराको शसक्ति र सुधार तथा खुल्लापनलाई कायम राख्ने सम्बन्धमा अझ ठूलो पाइला हिंड्नुका साथै वैज्ञानिक विकास र समाजको मेलमिलापलाई घच्घच्याउने क्रममा अझ ठूलो उपलब्धि प्राप्त गर्दैजाने कुरा औंल्याउनुभयो।
राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन आजै पैचिङ्गमा शुरु भएको छ। राष्ट्रिय जन काँग्रेसका एकजना सदस्यको हैसियतले श्री हु चिन थाउले च्याङ्ग सु प्रान्तीय प्रतिनिधि मण्डलका साथै प्रधानमन्त्री वन च्या पाउद्बारा पेश गरिएको सरकारी प्रतिवेदनको लेखाजोखा सम्मेलनमा पनि भाग लिनुभयो।
चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाङ्ग को, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ्ग लिन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य लि छाङ्ग छुन तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य सि चिन फिङ्ग आदि नेताहरुले आजै बेग्ला बेग्लै गरी विभिन्न प्रान्तका प्रतिनिधि मण्डलका साथ प्रधानमन्त्री वन च्या पाउको सरकारी कार्यकारी प्रतिवेदनको पनि लेखाजोखा गर्नुभयो।
|