china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली प्रतिनिधि मण्डलद्बारा सी.आर.आई.को भ्रमण
    (GMT+08:00) 2008-03-06 16:29:16    

           चिनियाँ वैदेशिक मैत्री संघको निमन्त्रणामा अरनिको समाजका अध्यक्ष डा. हरिषचन्द्र शाह, नेपाल-चीन मैत्री युवा संघका अध्यक्ष प्रकाश बाबु पौडेल, नेपाल-चीन मैत्री संघ लुम्बिनीका अध्यक्ष सूर्य लाल र नेपाल-चीन प्रतिष्ठान पोखराका अध्यक्ष सुशिल राज पराजुलीसम्मिलित एक प्रतिनिधिमण्डलले आज सी.आर.आई. को भ्रमण गर्‍यो। भ्रमणका क्रममा उहाँहरुले सी.आर.आई. प्रथम एशिया विभागका प्रमुख ह चिन छाउसँग भेटघाट गर्नुभएको थियो।

            सो अवसरमा बोल्दै प्रतिनिधिमण्डलका सदस्यहरुले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको विकासमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्नुभयो।

             प्रत्युत्तरमा श्री ह चिन छाउले आगामी दिनहरुमा दुइ देशबीचको मैत्री सम्बन्धलाई अझ सुमधुर तथा प्रगाढ पार्नका लागि सी.आर.आई र नेपालका मैत्री संगठनहरुसँग घनिष्ठ सहयोग गर्ने इच्छा व्यक्त गर्नुभयो।

               सो अवसरमा बोल्दै प्रतिनिधिमण्डलका प्रमुख डा. हरिष शाहले चीनमा भइरहेका दुइवटा महत्वपूर्ण अधिवेशनको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040